प्रभु बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण

बिजमाण्डू
२०७९ भदौ २ गते ०८:५४ | Aug 18, 2022
प्रभु बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण


काठमाडौं। प्रभु बैंकले संस्थापकतर्फको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर बैंकले शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। 

Tata
GBIME
Nepal Life

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  

सेयरको न्युनतम मूल्य बैंकले १४० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम दश हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले भदौ १० देखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्नेछ। बोलकबोलमा भदौ १७ गतेसम्म आवेदन पेस गर्न सकिनेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्गबाट प्राप्त गर्न सकिनेछ।