बैंक अफ काठमाण्डूको ऋणपत्र आजबाट जारी, ब्याज दर साढे १० प्रतिशत, सात वर्षमा परिपक्व

बिजमाण्डू
२०७९ भदौ २ गते ०८:४१ | Aug 18, 2022
बैंक अफ काठमाण्डूको ऋणपत्र आजबाट जारी, ब्याज दर साढे १० प्रतिशत, सात वर्षमा परिपक्व

काठमाडौं। बैंक अफ काठमाण्डूले 'बिओके डिवेञ्चर २०८६' ऋणपत्र आजबाट जारी गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र जारी गरेको हो। यसको अंकित मूल्य प्रति कित्ता १००० रुपैयाँ छ। यसमध्ये ६० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ। 

यस्तै ४० प्रतिशत सामुहिक लगानी कोष सहित सर्वसाधरणका लागि बिक्री गरिने छ। अर्थात् ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता (५ प्रतिशत अर्थात २२ हजार कित्ता सामुहिक लगानी कोषलाई समेत) सर्वसाधरणमा बिक्री गरिने भएको हो। 

सात वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र बैंकले ७ गतेसम्मका लागि निष्कासन गर्ने छ। यो समयसम्म पर्याप्त आवेदन नपरे आवेदन अवधि भदौ १६ गतेसम्मका लागि लम्बिने छ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।