असोज ६ गतेदेखि हुने नाडा इभी एक्स्पोको स्टल बुकिङ खुल्ला, भदौ ५ गतेसम्म समयसीमा

बिजमाण्डू
२०७९ भदौ १ गते २०:२३ | Aug 17, 2022
असोज ६ गतेदेखि हुने नाडा इभी एक्स्पोको स्टल बुकिङ खुल्ला, भदौ ५ गतेसम्म समयसीमा

काठमाडौं। आगामी असोज ६ गतेदेखि ९ गतेसम्म हुने पहिलो नाडा इभी एक्स्पोको लागि स्टल बुकिङ खुला गरिएको छ।

Tata
GBIME
Nepal Life

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल नाडाले असोज ६ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा हुन लागेको इभी एक्स्पोका लागि बुधबार  स्टल बुकिङ खुला गरिएको जनाएको छ।

एक्सपोका लागि इच्छुक व्यवसायीहरुले भदौ ५ गतेसम्म स्टल बुकिङ गर्नसक्ने नाडाले जनाएको छ।

यो एक्सपो नेपालमै पहिलो पटक हुन लागेको हो। इभी एक्स्पो समितिका सभापति अनुप बरालले विद्युतीय सवारी प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागिएको बताए।