सहुलियतपूर्ण ऋणमा सरकारको ब्याजमा मात्र १६ अर्ब ९७ करोड रुपैयाँ खर्च, डेढ लाखले लिए ऋण

बिजमाण्डू
२०७९ भदौ १ गते १८:२५ | Aug 17, 2022
सहुलियतपूर्ण ऋणमा सरकारको ब्याजमा मात्र १६ अर्ब ९७ करोड रुपैयाँ खर्च, डेढ लाखले लिए ऋण

काठमाडौं। ब्याज अनुदानको सहुलियतपूर्ण कर्जामा सरकारले १६ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ। यो ब्याज भुक्तानीका लागि गरेको खर्च हो।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षसम्मको सहुलियतपूर्ण कर्जाको विवरण सार्वजनिक गर्दै एक लाख ४७ हजार ३९३ जनाले ऋण चलाएको जनाएको छ।

स्वीकृति ऋण २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख ८ हजार रुपैयाँ छ। यसमध्ये उठ्न बाँकी २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख ७५ हजार रुपैयाँ छ।

सरकारले आन्तरिक उत्पादन बढाउन भन्दै विभिन्न १० वटा शीर्षकमा ५ देखि ६ प्रतिशत ब्याज अनुदान दिएर कार्यक्रम सञ्चलान गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले दिने यो ऋणमा आधार दरभन्दा २ प्रतिशत बढि मात्र ब्याज लाग्छ। यसरी निर्धारण भएको ब्याजमा सरकारले ५ देखि ६ प्रतिशत ब्याज अनुदान दिन्छ।

जस्तो आधार दर १० प्रतिशत छ भने २ प्रतिशत प्रिमियम जोडेर ब्याज दर १२ प्रतिशत निर्धारण हुन्छ। यसमध्ये कम्तिमा ५ प्रतिशत ब्याज सरकारले तिरिदिन्छ। यो ऋण लिनेले बढिमा ७ प्रतिशत मात्र तिरेपुग्छ। ब्याज दर सम्बन्धि बैंकको आधार दरले निर्धारण गर्ने भएकाले संस्थापिच्छे फरक फरक पर्न जान्छ।

यस्तो ऋण ५६ वटा बैंक तथा वित्तीय संस्थाले दिएका छन्।