खाद्य कम्पनीले तीन हजार खसीबोका र च्याङग्रा किन्ने, ६ करोड ४५ लाख बजेट छुट्यायो

बिजमाण्डू
२०७९ भदौ १ गते १७:४० | Aug 17, 2022
खाद्य कम्पनीले तीन हजार खसीबोका र च्याङग्रा किन्ने, ६ करोड ४५ लाख बजेट छुट्यायो

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ। हरेक वर्ष दसैंमा कम्पनीले खसीबोका र च्याङग्रा खरीद गरेर सुपथ मूल्यमा उपभोक्तालाई बेच्दै आएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यो वर्ष दुई हजार खसीबोका र एक हजार वटा च्याङग्रा खरीद गर्ने स्रोतले बतायो। यो खरीदका लागि कम्पनीले ६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष भन्दा कम्पनीले ४५ लाख बढी रकम छुट्याएको छ।

गत वर्ष ६ करोड रुपैयाँ छुट्याएको थियो। गत आर्थिक वर्षमा कम्पनीले तीन हजार खसिबोका र च्याङग्रा खरिद गर्ने भनेको थियो। तर च्याङग्राको  खरीद मूल्य धेरै भएकोले कम्पनीले २ हजार भन्दा खसीबोका मात्रै ल्यायो।

कम्पनीले विभिन्न ठाउँहरुबाट खरिद ल्याएको खसीबोका निजी भन्दा किलोमै १० रुपैयाँ कममा बिक्री गर्छ।