सानिमाले परिवारलाई नै लक्षित गर्दै ल्यायो खाता, ८.०३% ब्याज, लाख रुपैयाँको उपचार बीमा पनि

बिजमाण्डू
२०७९ भदौ १ गते १६:२३ | Aug 17, 2022
सानिमाले परिवारलाई नै लक्षित गर्दै ल्यायो खाता,  ८.०३% ब्याज, लाख रुपैयाँको उपचार बीमा पनि

काठमाडौं। सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवारलाई लक्षित गर्दै सानिमा फेमिली सुपर सेभिङ खाता ल्याएको छ। 

Tata
GBIME
Nepal Life

नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख रुपैयाँ सम्मको औषधी उपचार बीमा सहितको खाता संचालनमा ल्याएको हो।

बैंकका अनुसार यो  खाता खोल्ने ग्राहकले वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको अवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज पनि पाउनेछन्।

बैंकका अनुसार यसबाट ग्राहकलाई औषधी उपचार खर्च गरेर बीमा वापत शोधभर्ना लिनुपर्ने झन्झटबाट पनि छुट्कारा मिल्नेछ भने बीमा पोलिसी नम्बर उपलब्ध गराएर उपचार गराउन सक्नेछन्। बैंकले यो सुविधा अस्पताल भर्ना हुँदा पाइने जनाएको छ।

यो खाता खोल्ने ग्राहकले भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।