माछापुच्छ्रेको मोबाइल बैंकिङबाटै ऋण लिन मिल्ने, भौतिकरूपमा उपस्थित हुनुपर्ने बाध्यता अन्त्य

बिजमाण्डू
२०७९ भदौ १ गते १४:१३ | Aug 17, 2022
माछापुच्छ्रेको मोबाइल बैंकिङबाटै ऋण लिन मिल्ने, भौतिकरूपमा उपस्थित हुनुपर्ने बाध्यता अन्त्य

काठमाडौं। माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङमार्फत मुद्दती निक्षेप राखेर ऋण लिन पाउने सुविधा ल्याएको छ। बैंकले बुधबारदेखि 'लोन अगेन्स्ट फिक्स्ड डिपोजिट' सेवा ल्याएको हो।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार यो सेवा मोबाइल बैंकिङ एप र एमबिएलएम स्मार्टबाट लिन सकिनेछ। योसँगै ग्राहकले खाता खोल्न बैंकसम्म आउनु नपर्ने मात्रै होइन मुद्दती खाता राखेर सरल तरिकाले ऋण लिन पनि सकिने बैंकले जनाएको छ।

अहिलेसम्म बैंक ऋण लिन भौतिक रुपमै उपस्थित हुनुपर्ने झन्झट हटाउन यो सेवा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले एमबिएल एम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नहोस् भन्ने लक्ष्य राखेको जनाएको छ।