४४ प्रतिशतले नाफा आर्जन गरेको गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन १६ प्रतिशतले गिरावट

बिजमाण्डू
२०७९ भदौ १ गते १३:२३ | Aug 17, 2022
४४ प्रतिशतले नाफा आर्जन गरेको गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन १६ प्रतिशतले गिरावट

काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बढे पनि बीमा शुल्क आर्जन भने घटेको छ। नाफा ४४.२७ प्रतिशतले बढेको कम्पनीको बीमा शुल्क आर्जन १६.१३ प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा कम्पनीले १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्ष २०७७/ ७८ मा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको खुद नाफा अघिल्लो वर्षको भन्दा ४४.२७ प्रतिशत बढेको हो।

कम्पनीले गत आवमा ३ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन ३ अर्ब ६३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमाशुल्क १६.१३ प्रतिशले घटेको छ।

गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ६६ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। कम्पनीले गत वर्ष २० लाख ८२ हजार रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ। 

यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा राखेर कर्जाबाट ११ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन खर्च भने घटेको छ। गत आर्थिक वर्षमा व्यवस्थापनका लागि ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा व्यवस्थापन खर्च ५ करोड रुपैयाँ थियो।

गत वर्ष कम्पनीले ३६ करोड ८३ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएको छ। अघिल्लो वर्ष सोही अवधिमा ५३ करोड रुपैयाँ अभिकर्ता कमिसनमा खर्च भएको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.४० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१. ७८ रुपैयाँ छ।

चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५८ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७५ करोड रुपैयाँ छ।