टीभीएसको २२५ सीसीको बाइक ‘रोनिन नियो रेट्रो’ नेपाल आउँदै, ‘आयात प्रतिबन्धले यसलाई रोक्दैन’

बिजमाण्डू
२०७९ भदौ १ गते ११:०३ | Aug 17, 2022
टीभीएसको २२५ सीसीको बाइक ‘रोनिन नियो रेट्रो’ नेपाल आउँदै, ‘आयात प्रतिबन्धले यसलाई रोक्दैन’

काठमाडौं। टीभीएसले नयाँ बाइक मोडल रोनिन नियो रेट्रो भारतमा सार्वजनिक गरेको एक महिना भइसकेको छ। नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले २२५ सीसीको उक्त नयाँ बाइक दसैंको अवसरमा नेपाली बजारमा ल्याउने तयारी थालेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले लामो समयदेखि नेपालमै यस्ता दुई पाङ्ग्रे सवारी साधानको एसेम्बल्ड गर्दै आएको छ। त्यसैले यो कम्पनीलाई सरकारले १५० सीसी भन्दा माथिको बाइक आयातमा लगाएको प्रतिबन्धले कुनै पनि असर गर्दैन। कम्पनीले बाहिरबाट खोलेको सामान ल्याएर नेपालमा फिटिङ गर्ने हो।

बाइकका सेग्मेन्टमध्येको उक्त पावरफुल एडिसनलाई दसैंको अवसरमा बिक्री गर्ने गरी एसेम्बल्ड गर्न लागिएको जानकारी कम्पनीले दिएको छ।

यसमा भएको २२५ सीसीको इन्जिनले २० वटा घोडाको जति हर्सपावर प्रदान गर्दछ। साथै ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५-स्पीडको गियरका साथै स्लीपर क्लचको छ। यो बाइक तीन भेरियन्टमा उपलब्ध छ। तीन भेरियन्टको मूल्य भारतमा भारु १ लाख ४९ हजारदेखि १ लाख ७१ हजारसम्म छ। तर नेपालमा सार्वजनिक नभइसकेको कारण यसको नेपाली मूल्य तोकिएको छैन।

डिजाइनको सन्दर्भमा यो नयाँ टीभीएस रोनिनले रेट्रो-स्टाइल, स्क्र्याम्बलर-कम-क्याफे रेसर मोटरसाइकलको आकारमा ल्याएको छ। अगाडिको भागमा रोनिनले भित्र टी-आकारको एलईडी डीआरएल र सिंगल-पोड क्लस्टरको साथ गोलाकार हेडलाइट फिचर उपलब्ध छ। यसैगरी क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध छ।

यसमा कलर विकल्पहरूमा लाइटनिङ ब्ल्याक र म्याग्मा रेड समावेश छ भने बेस प्लस डेल्टा ब्लू र स्टारगेज ब्ल्याक सेडहरूमा पाउन सकिन्छ। नयाँ रोनिन चारैतिर एलईडी लाइट, युएसबी चार्जर र टीभीएसको स्मार्ट एक्सकनेक्ट ब्लुटुथ जडान प्रणालीले सुसज्जित छ।

जसले कल र म्यासेज अलर्टहरू, पालैपालो नेभिगेसन र भ्वाइस सहायता सुविधाहरू प्रदान गर्दछ। यसले एबीएसका लागि दुई मोडहरू पनि आउनेछन्। यसमा अर्वन र रेन मोडहरु रहेका छन्। एक एसिस्ट-एन्ड-स्लिपर क्लच पनि उपलब्ध छ।