शाइन रेसुङ्गा बैंकले ३९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, प्रति कित्ता १४५ रुपैयाँ

बिजमाण्डू
२०७९ भदौ १ गते ०९:४९ | Aug 17, 2022

काठमाडौं। शाइन रेसुङ्गा बैंकले संस्थापकतर्फको ३९ हजार ९९१ कित्ता सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। 

Tata
GBIME
Nepal Life

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  

सेयरको न्युनतम मूल्य बैंकले १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम दुई हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले बुधबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा भदौ ८ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।