काठमाडौं। बैंक तथा वित्तीय संस्थाले साउन महिनामा कुल ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका छन्।
मौद्रिक नीतिअघि उनीहरुले ७ प्रतिशत ब्याजमा सापटी लिएका थिए। मौद्रिक नीति जारी भएलगत्तै ब्याज साढे ८ प्रतिशत पुगेको थियो।
बैंक तथा वित्तीय संस्थाले साउनको अन्तिम दिन अर्थात मंगलबार २७ अर्ब २८ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्। साउन महिनामा बैंक तथा वित्तीय संस्थाले कुल २६ दिन स्थायी तरलता सुविधा प्रयोग गरेका छन्।
यसमध्ये सबैभन्दा कम एकै दिन १३ अर्ब ६० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् भने बढिमा ६१ अर्ब ७४ करोड रुपैयाँ लिएका छन्।
अहिले बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकसँग सापटी दायित्व (वक्यौता) एक खर्ब ४९ अर्ब ७८ करोड १५ लाख रुपैयाँ पुगेको छ।