दलाल स्ट्रिटका बिग बुलको निधनपछि सबैको आँखा उनको चार अर्ब बराबरको स्टक होल्डिङमा

बिजमाण्डू
२०७९ साउन ३१ गते १२:३२ | Aug 16, 2022

मुम्बईको दलाल स्ट्रिटका 'बिग बुल' राकेश झुनझुनवालाको निधनपछि भारतीय पुँजीबजारबारे चासो राख्ने धेरैको ध्यान उनको करिब चार अर्ब अमेरिकी डलर बराबरको स्टकले तानेको छ। किनभने  भारतीय सेयर बजारमा हरेक दिन उनको स्टक कारोबारलाई नियाल्नेको समूह निकै ठूलो थियो। 

Tata
GBIME
Nepal Life

भारतीय सेयर बजारका वारेन बफेट भनेर चिनिने झुनझुनवालाको गत आइतबार ६२ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो।  उनी आफैं पनि एक सेल्फमेड ट्रेडर थिए जसको धेरै स्थापित व्यवसाय तथा स्टार्टअपहरूमा लगानी  थियो। त्यस बाहेक पनि झुनझुनवालाले  भारतका धेरै फर्महरूको संचालक समितिमा समेत थिए।

झुन्झुनवाला एसियाको तेस्रो ठूलो अर्थतन्त्र मानिने भारतको सेयर बजारको सबैभन्दा प्रभावशाली आवाजहरू मध्ये एक मानिन्थे। ‘बिग बुल’ भनेर चिनिने उनी भारतको विकास यात्राको दरिलो समर्थक पनि थिए।

ब्लुमबर्गका अनुसार झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालाको लागि सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक लगानीमध्ये एक थियो ज्वेलरी रिटेलर ब्राण्ड'टाइटन', जसले उनीहरूको पोर्टफोलियोको एक तिहाइभन्दा बढीको ठाउँ ओगटेको छ। 

बजार मूल्यको आधारमा उनको अन्य शीर्ष होल्डिङहरूमा स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स, फुटवेयर मेकर मेट्रो ब्रान्ड र अटोमेकर टाटा मोटर्स समावेश छन्। त्यस्तै झुनझुनवालाको स्टार हेल्थ, आइटी फर्म एप टेक र भिडियोगेम मेकर नजारा टेक्नोलोजीमा १० प्रतिशतभन्दा बढी सेयर रहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत झुनझुनवालाले लगानीकर्ता समुदायमा परेको प्रभावलाई मनन् गर्दै उनको निधन प्रति दुःख व्यक्त गर्दौ ट्‍वीट गरेका थिए। मोदीले आइतवार ट्‍वीटमा लेखे- 'अदम्य' लगानीकर्ताले 'वित्तीय संसारमा अमिट योगदान दिएका छन् ।