व्यापारीहरुले जनही ५ लाख पुँजी हालेर खोले स्काई होल्डिङ बिजनेस ग्रुप, रोजगारी सिर्जनामा लगाउने

बिजमाण्डू
२०७९ साउन ३० गते १८:२५ | Aug 15, 2022
व्यापारीहरुले जनही ५ लाख पुँजी हालेर खोले स्काई होल्डिङ बिजनेस ग्रुप, रोजगारी सिर्जनामा लगाउने


काठमाडौं । केही व्यापारीले युवालाई रोजगारी दिन भन्दै स्काई होल्डिङ बिजनेस ग्रुप स्थापना गरेका छन्। प्रति व्यापारी पाँच/पाँच लाख रुपैयाँको सेयर राखेर एकीकृत पुँजी बनाई उनीहरुले कम्पनी बनाएका हुन्।

Tata
GBIME
Nepal Life

पुँजीलाई एकीकृत गरी मुलुकमै रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने योजना उनीहरुको छ। संस्थालाई दर्ता गरेर नयाँ/नयाँ कार्यक्रमहरु अगाडि बढाउने योजना उनीहरुको छ। 

ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवाल रहेका छन्। यसमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  दिनेश श्रेष्ठलगायतका सेयरधनी छन्। संस्थाको प्रबन्ध निर्देशकमा शिवप्रसाद मानन्धर छन् भने प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उमेश बराल छन्। 

ग्रुपका अध्यक्ष अवालले उद्योगी व्यवसायीहरु मात्रै नभएर सबै क्षेत्रका विज्ञहरुहरु संलग्न गरी ग्रुप बनाएको सुनाए। 

समृद्धि र विकासका लागि व्यवसायिक एकता: देश विकासका लागि अत्यन्तै अपरिहार्य भन्ने नाराका साथ स्थापित स्काई ग्रुपले योपटक दुईवटा व्यवसायीहरुको व्यापार प्रवर्द्धनको कार्यक्रम गरेको जनाएको छ।

योपटक सर्वाेतम स्टिल र सिमेन्ट तथा कर्मा रेजिडेन्सको बिजनेश प्रमोसन गरिएको संस्थाले जनाएको छ। कार्यक्रमको क्रममा दुईवटै संस्थाबाट सहभागीहरुसमक्ष प्रस्तुतीकरण गरिएको थियो।