परामर्श सेवा कम्पनीलाई रेमिटेन्स भित्र्याउन दिने सीमा १० लाखबाट १५ लाख रुपैयाँ पुर्‍याइयो

बिजमाण्डू
२०७९ साउन ३० गते १७:५५ | Aug 15, 2022
परामर्श सेवा कम्पनीलाई रेमिटेन्स भित्र्याउन दिने सीमा १० लाखबाट १५ लाख रुपैयाँ पुर्‍याइयो

काठमाडौं। परामर्श सेवा प्रदान गर्ने कम्पनीमार्फत रेमिटेन्सका रुपमा भित्र्याइने रकममा राष्ट्र बैंकले सहजीकरण गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले पुरानो ब्यवस्थामा थप ब्याख्या गर्दै १० लाखको सीमालाई १५ लाख पुर्याइ दिएको हो। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै रेमिटेन्समा सहजीकरणको नीति लिएको हो।

यसअघि विभिन्न परामर्श सेवा प्रदान गर्ने नेपाली कम्पनी तथा विदेशी परामर्श सेवा कम्पनीका नेपालस्थित सहायक कम्पनीहरुले विदेशबाट प्राप्त गर्ने कमिशन तथा शुल्क रकम रेमिटेन्स कम्पनीमार्फत एक पटक वा पटक पटक गरी दैनिक १० लाखसम्म ल्याउने पाउने ब्यवस्था थियो।

राष्ट्र बैंकले यो नीतिमा संशोधन गर्दै सीमा १५ लाख पुर्याएको छ भने केही ब्याख्या पनि गरेको छ। राष्ट्र बैंकले भनेको छ- नेपाली/बिदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी वा शाखा कार्याले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशीबाट प्राप्त हुने रकम रेमिटेन्स कम्पनीमार्फत भित्र्याउन पाउने छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत रेमिटेन्स भित्र्याउन सक्ने ब्यवस्था गरेको छ।