प्रदेश १ मा इनोभेसन आइडिया कलको दोस्रो संस्करणका लागि आवेदन माग, व्यवसाय गर्ने युवालाई सघाउने

बिजमाण्डू
२०७९ साउन २९ गते १५:२९ | Aug 14, 2022

काठमाडौं। विराटनगरमा इनोभेसन आईडिया कलको दोस्रो संस्करणको लागि आवेदन फारम खुला गरिएको छ।

Tata
GBIME
Nepal Life

उद्योग संगठन मोरङ, अन्तरप्रेरणा प्रालि र स्टेपअप नेपालको सहकार्यमा प्रदेश १ को राजधानीमा दोस्रो व्याचमा २० जनाको लागि आवेदन खुला गरेको हो। 

प्रदेश नं १ मा संचालन गरिने आर्थिक एवम् व्यवसायिक सम्भावना भएका नविनतम् अवधारणामा आधारित बिजनेस आइडिया भएकाहरूले यस स्टार्टअप कार्यक्रममा आवेदन दिन सक्ने आयोजकले जनाएको छ। 

अन्तरप्रेरणाका अनुसार महिला, वैदेशिक रोजगारबाट फर्केका युवाहरु, सुनसरी र मोरङ औद्योगिक करिडोरका स्टार्टअपहरू, स्त्तरोन्नती तथा भइरहेका उद्योग व्यवसाय  र सम्भावना बोकेका नविनतम् व्यवसायहरुलाई लक्षित यस कार्यक्रमले विभिन्न विधाहरुमा नवउद्यमीहरुलाई सहयोग गर्नेछ।

नविनतम् बिजनेस आइडिया भएका तर त्यसलाई व्यवसायमा रुपान्तरण गर्न नसकेर वा ओझेलमा परेकाहरूलाई यो कार्यक्रमले बाटो देखाउने आयोजकहरूको विश्वास छ।

यस कार्यक्रमबाट छानिएका स्टार्टअप तथा उद्यमहरूलाई व्यवस्थापन तथा प्राविधिक तालिम, मेन्टर गर्ने एवम परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षणमा सहजीकरण, नेटवर्किङ, प्रशासनिक तथा कानूनी सहयोग तथा समन्वय, वित्तीय पहुँचका लगानीकर्ता तथा वित्तीय संस्थाहरू समक्ष समन्वय तथा सहजीकरण गर्ने लगायतका सेवा उपलब्ध गराउने आयोजकले जानकारी दिएका छन्। 

आवेदन दिनको लागि आगामी भदौ १० गतेसम्म उद्योग संगठन मोरङको वेबसाईटमार्फत फारम भर्न सकिने बताइएको छ।