श्वेत गंगा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बाँडफाँट

बिजमाण्डू
२०७९ असार २१ गते १२:५७ | Jul 5, 2022
श्वेत गंगा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बाँडफाँट

काठमाडौं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आयोजना प्रभावितका लागि सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। 

Tata
GBIME
Nepal Life

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जेठ २३ बाट असार ६ गतेसम्म जारी पु्ँजीको १० प्रतिशतले हुन आउने १५ लाख ९३ हजार कित्ता आइपीओ बिक्रीका लागि दर्खास्त आह्‍वान गरेको थियो।

उक्त मितिमा प्राप्त दरखास्तमा आईपीओ बाँडफाँट गरेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछापको लिखु तामाकोशी गापाका २,३,४, ओखलढुंगाको लिखु गापा वडा न. ४,५,६,७८ र ९ का लागि  निष्कासन गरिएको सेयरको ७० प्रतिशतले हुन आउने ११ लाख १५ हजार १०० कित्ता छुट्याइएको थियो।  

यस्तै आयोजना लाइन पर्ने रामेछापको लिखु तामाकोशी गापा-५,६,७ र मन्थली-११, १२ १३ तथा रामेछाप नपा-१ र ३ लाई २५ प्रतिशतले हुन आउने ३ लाख ९८ हजार २ सय ५० कित्ता छुट्याइएको थियो।

साथै रामेछाप जिल्लाको लिखु तामाकोशी गापाको वडा १ र ओखलढुंगाको लिखु गाउँपालिका-१, २ र ३ लाई जम्मा निष्कासन गरिएको सेयरको ५ प्रतिशतले हुन आउने ७९ हजार ६५० कित्ता छुट्याइएको थियो। 

कम्पनीले आयोजना प्रभावितका लागि तीन चरणमा आईपीओ बिक्री गरेजस्तै बाँडफाँट पनि आयोजना प्रभावित, निम्न प्रभावित र अति प्रभावित गरि तीन चरणमा बिभाजन गरेर बाँडेको हो। 

आयोजना प्रभावित क्षेत्रका लागि बिक्री गरिएको उक्त आईपीओ तीन वर्षपछि लगानीकर्ताको डिम्याट खातामा आउँछ। डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्ने सकिन्छ।