एनआईसी एशिया बैंकको मोबाइल एप ओम्नीच्यानलमा अपडेट, अब एपबाट अधिकांस बैंकिङ सेवा

बिजमाण्डू
२०७९ असार १९ गते १६:३४ | Jul 3, 2022
एनआईसी एशिया बैंकको मोबाइल एप ओम्नीच्यानलमा अपडेट, अब एपबाट अधिकांस बैंकिङ सेवा

काठमाडौं। एनआइसी एसिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप सुरुवात गरेको छ। 

Tata
GBIME
Nepal Life

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति गरेको हो। 

जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको हो। 

हालका एनआइसी एसिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एसिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन्। ग्राहकले प्लोस्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्ने छन्।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नीच्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। बैंकले निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी गरिरहेको जनाएको छ। 

स्तरोन्नतिपछि एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल प्राप्त गर्न सक्ने छन्। 

एनआइसी एसिया बैंकमा खाता नभएकाले पनि यो एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने छन्। यसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सक्ने छन्।