एनआईसी एशियाको डिजिटल बैंकिङ सेवा एनटिसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

बिजमाण्डू
२०७९ असार १७ गते १६:३४ | Jul 1, 2022
एनआईसी एशियाको डिजिटल बैंकिङ सेवा एनटिसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौं। एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ सेवा नेपाल टेलिकम (एनटिसी) को नेटवर्कबाट निःशुल्क चलाउन सकिने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप, आई सर्भिस, वेबसाइट र इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवा एनटिसीको नेटवर्क प्रयोग गरेर निःशुल्क चलाउन सकिने सुविधा ल्याएको जनाएको छ।

साथै बैंकले यसअघि एनसेलसँग पनि सहकार्य गरी यसको नेटवर्कमा पनि यी डिजिटल बैंकिङ प्लाटफर्महरुबा बैंकका विभिन्नस सेवा सुविधाहरु निःशुल्क चलाउन सकिने व्यवस्था गरेको थियो। यससँगै अब बैंकका ग्राहकहरुले नेपालका दुवै प्रमुख टेलिकम सेवा प्रदायकहरुकोे निःशुल्क डाटा सुविधाको प्रयोग गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्ने भएका छन्। 

एनआईसी एसियाको यस सेवाअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ एपबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्र्याकिङ, आईपीओ भर्ने, कार्डबिनै एटिएमबाट रकम झिक्ने इत्यादि सुविधाहरू निःशुल्क लिन सक्नेछन्। 

यस्तै, आई सर्भिसबाट नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र काड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ) लगायतका सुविधा पनि ग्राहकले सरल तरिकाले लिन सक्ने जनाइएको छ।

माथिका यी सुविधा बाहेकका अतिरिक्त अनलाइन तथा इन्टरनेट बैंकिङ सेवा पनि ग्राहकले बैंकको वेबसाइटबाट प्राप्त गर्नेछन्।