गभर्नर अधिकारीले भने-‘दक्षिण एसियामा अब हामी साझा मुद्राको अवधारणामा जानुपर्छ’

बिजमाण्डू
२०७९ असार १७ गते १८:३५ | Jul 1, 2022
गभर्नर अधिकारीले भने-‘दक्षिण एसियामा अब हामी साझा मुद्राको अवधारणामा जानुपर्छ’

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साझा मुद्राको अवधारणामा जानु पर्ने बताएका छन्। उनले दक्षिण एसियाको साझा मञ्चमा आफुले यो बारेमा प्रस्ताव गरेको बताउँदै केन्द्रीय बैंक डिजिटल मुद्रामा पनि जानुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था नआउने भन्दै भौतिक मुद्रा हटेर गइनहाल्ने बताए। रातारात डिजिटल मुद्रा लागू नहुने भन्दै डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक क्रमिक रूपमा लागू हुने बताए। शुक्रबार बैंकर्स संघले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल मुद्राका बारेमा ९० भन्दा बढि देशले अध्ययन गरिरहेको जानकारी दिँदै ठोस निष्कर्ष कसैले पनि ननिकालिसकेको बताए।

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको पनि सहयोग चाहिने बताउँदै उनले यसको बिश्वासनियता जोगाउनु चुनौतिपुर्ण रहेको बताए। यसमा गडबढी भए अर्थतन्त्र पनि नियन्त्रण बाहिर जाने अवस्था आउन सक्ने बताए। 

पछिल्लो समय नोटको कारोबार घट्दै गएको बताउँदै कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिए। कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले केन्द्रीय बैंक डिजिटल करेन्सीका बारेमा प्रस्तुति दिएका थिए।