काठमाडौंबाट ६ महिना भित्रै विद्युतीय पोल हट्दै, विद्युत प्राधिकरण आइएसपीहरुको साथ खोज्दै

बिजमाण्डू
२०७९ असार १७ गते १५:४१ | Jul 1, 2022
काठमाडौंबाट ६ महिना भित्रै विद्युतीय पोल हट्दै, विद्युत प्राधिकरण आइएसपीहरुको साथ खोज्दै

काठमाडौं। विद्युत प्राधिकरणले अबको ६ महिना पछि काठमाडौंका विद्युतीय पोल हटाउन सुरु गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

विद्युतीय पोल हट्ने भएपछि त्यहाँ झुन्ड्याइएका इन्टरनेट, केबललगायतका तारहरु कसरी व्यवस्थापन हुन्छ भन्दै सेवा प्रदायकहरुसँग यो गम्भिर विषय भएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी गराएका छन्।

शुक्रबार काठमाडौंमा विद्युतीय पूर्वाधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले समयमै यो विषयलाई सहज रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

'हामीले काठमाडौंमा तारलाई भूमिगत गर्दा नै तीनवटा फाइबरसहितको डक्ट राखेका छौं। यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे पनि छलफल गरेर समन्वय गर्नुपर्नेछ। यसलाई प्रयोग गर्न कहाँ के के संरचना बनाउने छलफल गर्नुपर्छ। यो भएन भने गम्भिर समस्या आउन सक्छ,' घिसिङले भने।

काठमाडौं उपत्यका भित्र तारलाई भूमिगत बनाउन प्राधिकरणले करिब १५ अर्ब रुपैयाँ खर्चिरहेको छ।