बिहीबार २ सय रुपैयाँले बढ्दा प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन तोलाको ९७ हजार ३ सय पुगेको सुन त्यसयता लगातार घटबढ भइरहँदा पनि पुनः उक्त मूल्यमा पुगेको छैन।
चाँदीको मूल्य शुक्रबार २५ रुपैयाँ घटेर प्रतितोला १२ सय १० रुपैयाँ भएको छ। बिहीबार प्रतितोला १२ सय ३५ थियो। चाँदीको कारोबार मूल्य साताको पहिलो दिन १२ सय ४५ थियो।
अन्तर्राष्ट्रिय बजारमा साताको पहिलो दिन प्रतिऔंस १८२७.५४.३१ डलरले चलेको सुनको कारोबार मूल्य शुक्रबार घटेर प्रतिऔंस १८०२.९५ डलर भएको छ।
चाँदी पनि २१.१५ डलरबाट प्रतिऔंस २०.०९ डलर पुगेको छ।