'बैंककबाट ५० जना यात्रु बोकेर जहाज उडिसकेको छ। यो जहाज १२:०० बजे नेपाल अवतरण हुनेछ। यो जहाज १५२ यात्रुसहित दिउँसो १:४० बजे उड्ने तालिका रहेको छ।' कम्पनीका एक कर्मचारीले भने,'यताबाट जाने यात्रु अकुपेन्सी शतप्रतिशत रहेको छ।'
कम्पनीले एयरबस ३२० एस सिरीजको जहाज मार्फत नियमीत उडान सेवा दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो गन्तव्यका लागि सामान्य अवस्थामा दुईतर्फी सुरुवाती भाडादर ४२ हजार रुपैयाँ छ। तर हाल भने सस्तो टिकट पाउनै मुस्किल रहेको र माग समेत उच्च भएकाले भाडा दर ६४ हजार रुपैयाँ रहेको जनाइएको छ।
थाइ स्माइल सन् २०११ मा स्थापना भएको लो कस्ट वायुसेवा कम्पनी हो। यो कम्पनीले सन् २०१२ बाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो।