हुन्डाईको इभी सेग्मेन्टको आयोनिक-६ अमेरिकामा सार्वजनिक, यस्तो छ नयाँ फिचर र रेन्ज ?

बिजमाण्डू
२०७९ असार १६ गते १४:१३ | Jun 30, 2022
हुन्डाईको इभी सेग्मेन्टको आयोनिक-६ अमेरिकामा सार्वजनिक, यस्तो छ नयाँ फिचर र रेन्ज ?


काठमाडौं। हुण्डाईले इलेक्ट्रिक सेडान आयोनिक-६ गाडी सार्वजनिक गरेको छ। यो गाडी एक पटकको फुल चार्जमा ४८२ किलोमिटटर दुरी पार गर्न ‍सक्छ।

Tata
GBIME
Nepal Life

आयोनिक ६ इभी सेग्मेन्टको तेस्रो गाडी हो। यस भन्दा अगाडि रेट्रो-स्टाइल आयोनिक-५ क्रसओभर र आयोनिक ह्याचब्याक लाइनअपमा थिए। सेडान २०२० मा स्लीक र अल्ट्रा-लो प्रोफेसी अवधारणाद्वारा पूर्वावलोकन गरिएको थियो।

आयोनिक-६ कम्पनीको इलेक्ट्रिक प्लेटफर्म ‘इजीएमपी इलेक्ट्रिक स्केटबोर्ड आर्किटेक्चर’मा बनेको छ।

कम्पनीको अन्य उत्पादन भएका गाडीमा जस्तै आयोनिक-६ ले हुन्डाईको 'सेन्सअस स्पोर्टीनेस' डिजाइनलाई निरन्तरता दिएको छ। यसमा आयोनिक -५ को भन्दा भिन्न थप एरोडाइनामिक बडी सेपमा केन्द्रित 'सिंगल-कर्व' सिल्हूट रहेको छ। हुन्डाईले दाबी गरे अनुसार जसले दक्षतालाई अनुकूलन गर्न मद्दत गर्छ।

यो गाडीको छेउछेउमा पखेटा जस्तै डिजाइन भएको मिररको स्थानमा फ्लश डोर ह्यान्डलहरू र क्यामेराहरू रहेका छन्। रियरतर्फ इलेक्ट्रिक सेडानले पिक्सेल शैलीको एलईडी टेल-लाइट, डकटेल रियर स्पोइलर र कन्सेप्ट जस्तै कर्भ शोल्डर लाइन समावेष गरेको छ।

४८५५ एमएम लम्बाई, १८८० एमएम चौडाई, १४९५ एमएम उचाइ र २९५० एमएमको ह्वीलबेस भएको आयोनिक ६ आकारमा टेस्ला मोडल ३, पोल्स्टार २ र बिएम्डब्ल्यु आई ४ गाडीहरुसँग मिल्दोजुल्दो छ।

भित्री भागमा आयोनिक-६ ले फ्ल्याट सेन्टर कन्सोलको सुविधा प्रदान गरेको छ। यो सुविधा अर्थात केन्द्रीय कन्सोल भनेको ड्राइभरको सिट र अगाडिको यात्रु सिटको बीचको स्टोरेज स्पेस हो। यो ब्रान्ड र जेनेसिस जीभी-६० कम्पनीले विदेशमा बेचेको अन्य इभी उत्पादनहरूमा देखिन्छ। मिनिमलिस्ट ड्यासबोर्डमा डुअल १२ इन्चको टचस्क्रिन र दुई स्पोक स्टेयरिङ ह्वील रहेको छ।

हुन्डाईले इभीको पूर्ण प्राविधिक विवरणहरू सार्वजनिक गर्न बाँकी छ। तर यसले ३५० किलोवाटको फाष्ट चार्जिङको सुविधा उपलब्ध गराएको छ। आयोनिक -६ मा ५८-७७.४ किलोवाटसम्मको क्षमता भएको ब्याट्री उपलब्ध रहने छ।

कम्पनीले दुई पावरट्रेन कन्फिग्रेसन पनि प्रदान गरेको छ। रियर-ह्वील-ड्राइभको साथ सिंगल मोटर र फोर-ह्वील ड्राइभको साथ डुअल मोटर उपलब्ध हुनेछ। यो गाडीमा २२९, ३२५ र ५८५ हर्स पावर भएको तीन वटा भेरियन्टमा उपलब्ध छन्। यो गाडीले ३.५ सेकेन्डमा प्रति घन्टा ०-१०० किलोमिटरको स्पिडमा चलाउन सकिन्छ।

यस्तै यो इभीमा १६७ किलोवाट र २३८ किलोवाट क्षमताका मोटर प्रदान छ। यो गाडी अमेरिकामा लन्च गरिएको हो। यसको मूल्य अमेरिकामा ४५ हजार डलर रहेको छ। यस्तै यसको मूल्य भारतमा भारु ३५.५ लाख पर्नेछ।