फक्सवागनले इलेक्ट्रिक प्रिमियम मिड-साइज सेडान ‘आईडी एरो’ ल्याउदै, माइलेज ६१९ किमिको

बिजमाण्डू
२०७९ असार १५ गते १३:२० | Jun 29, 2022
फक्सवागनले इलेक्ट्रिक प्रिमियम मिड-साइज सेडान ‘आईडी एरो’ ल्याउदै, माइलेज ६१९ किमिको


काठमाडौं। फक्सवागनको नयाँ इलेक्ट्रिक गाडी प्रिमियम मिड-साइज सेडान बजारमा आउने भएको छ। उक्त गाडीलाई फक्सवागनले यसलाई 'आईडी एरो' नामकरण गरेको छ।

Tata
GBIME
Nepal Life

केही अघि सार्वजनिक इलेक्ट्रिक कार आईडी-३ र आईडी-४ क्रसओभरका प्रिमियम मिड-साइज सेडानको यो नयाँ फ्ल्यागशिप मोडल हुने कम्पनीले जनाएको छ। यो अन्य आईडी मोडेल जस्तै एउटै एमईबी प्ल्याटफर्ममा निर्माण गरिएको छ। यसमा पनि ७७ किलोवाट क्षमताको लिथियम-आयोन सिंगल ब्याट्री प्याक उपलब्ध हुनेछ।

कम्पनीले यसलाई सबैभन्दा धेरै माइलेज दिने इलेक्ट्रिक गाडीका रूपमा बजारमा उतार्ने तयारी गरेको छ। यसले एक पटकको फुल चार्जमा ६१९ किलोमिटरसम्मको दुरी पार गर्न सकिने कम्पनीको दाबी छ।

यो गाडी १५ मिटर अर्थात १६.४ फिट लामो हुनेछ। प्राय: सेडान गाडीहरु लामो नै हुने गर्छन। यो एमईबी प्लेटफर्ममा निर्माण गरिएको सबैभन्दा ठूलो गाडी हो। एमईबी र मेब प्ल्याटफर्म भनेको फक्सवागनको इलेक्ट्रिक गाडी निर्माण गर्ने टेक्नोलोजी भएको प्ल्याटफर्म हो। यसले आईडी-३ र आईडी-४ मोडल पनि यसै प्ल्याटफर्ममा निर्माण गरिरहेको छ।

कम्पनीले मेबमा आधारित अवधारणा सार्वजनिक भने गरिसकेको छैन। यो २०१८ को आईडी भिजियन सेडान र २०१९ को आईडी स्पेस भिजियन वागन अवधारणा पछिको प्ल्याटफर्म हो। तर कम्पनीले यस पटक उत्पादन संस्करणको बारेमा गम्भीर भएको बताएको छ।

कम्पनीका अनुसार चीनमा सन् २०२३ मा र सोही वर्ष युरोपमा पनि एउटा उत्पादन मोडेल प्रक्षेपण हुनेछ। कम्पनीले आईडी एरोको लागि भने हाल कुनै सार्वजनिक गरिने समय तोकेको छैन।

हालै बन्द गरिएको फक्सवागन पासाट मिड साइज सेडानको विकल्पको रूपमा यो इलेक्ट्रिक सेडानलाई प्रस्तुत गर्न लागिएको कम्पनीले जनाएको छ। पछिल्लो समय पासाट फक्सवागनको लक्जरियस मिड साइज सेडान विश्व प्रख्यात छ। यो गाडी नेपालमा पनि थोरै मात्रमा उपलब्ध छ।

फक्सवागन ग्रुप अफ अमेरिकाका सीईओ स्कट किघले अबको सवारीसाधनले विद्युतीय पिकअपको माग गरेको बताए। उनका अनुसार फक्सवागनले एउटा स्काउट इभी ब्रान्डमा पनि काम गरिरहेको छ।