मधेस र प्रदेश १ का सात सडक विस्तारका लागि लाग्यो ठेक्का, लागत १ अर्ब ७७ करोडको

बिजमाण्डू
२०७९ असार १५ गते १२:११ | Jun 29, 2022
मधेस र प्रदेश १ का सात सडक विस्तारका लागि लाग्यो ठेक्का, लागत १ अर्ब ७७ करोडको

काठमाडौं। सडक डिभिजन लहानले १ अर्ब ७७ करोड लागतमा विभिन्न नयाँ सडक विस्तार योजनाहरुका लागि ठेक्का लगाएको छ। डिभिजनले बुधबार सूचना जारी गर्दै ७ वटा सडक विस्तार र कालोपत्रे गर्नको लागि ठेक्का लागेको जनाएको हो।

Tata
GBIME
Nepal Life

डिभिजनका अनुसार राजविराज-हनुमाननगर-भारदह सडक निर्माणका लागि २५ करोड ७१ लाखमा शाह इन्जिनिरिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। यो योजनामा निर्माण व्यवसायीले कालोपत्रे, ड्रेनेज, फुटपाथ र सडक सेफ्टी लगायतका काम गर्नुपर्ने छ।

साथै शाह इन्जिनिरिङ कन्स्ट्रक्सन प्रालिले नै रुपनी-राजविराज-छिन्नमस्ता चार लेनमा सडक विस्तारका लागि २५ करोड ६९ लाख रुपैयाँमा ठेक्का हात पारेको छ। उक्त सडकमा निर्माण व्यवसायीले ४ लेनमा विस्तार गर्ने काम गर्नुपर्ने छ।

यसैगरी यी निर्माण व्यवसायीले अर्को पनि ठेक्का पाएको छ। राजविराज-छिन्नमस्तासम्मको दुई लेन सडक कालोपत्रे, ड्रेनेज, फुटपाथ लगायतका काम गर्न २५ करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको हो।

यस्तै प्रमानपुरदेखि पेटरबासम्मको सडक निर्माण गर्न विकास निर्माण सेवाले २५ करोड ४७ लाख रुपैयाँमा ठेक्का पाएको छ। उक्त ठेक्कामा पनि निर्माण व्यवसायीले कालोपत्रे र फटपाथ लगायतका कामहरु निर्माण गर्नुपर्नेछ। खरेहुहिया-धनगढी-कञ्चनपुर-देउरीसम्म रहेको स्वर्णीम भन्सार सडक निर्माण पनि विकास निर्माण सेवालाई नै जिम्मा दिएको छ। उक्त सडक योजना २५ करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गर्न ठेक्का पाएको हो।

यसैगरी मिर्चैया-कल्याणपुर-सिरहा सडक निर्माण पनि ठेक्का लागेको छ। उक्त सडक ओम साई राम कन्स्ट्रक्सन प्रालिले २४ करोड ४१ लाख रुपैयाँमा निर्माणको ठेक्का पारेको छ। उक्त सडकमा पनि निर्माण व्यवसायीले दुई लेनमा विस्तार गरी कालोपत्रेदेखि फुटपाथ र सडक सेफ्टीका सम्पूर्ण कार्य गर्नुपर्नेछ।

साथै चौहर्वा, गोलबजार-सिरहा-सघुरे उदयपुर, मिर्चैया-कटारी घुर्मी, हिलेपानी ओखलढुंगा-सल्लेरी सडकलाई चार लेनमा विस्तार गर्न ओम साई राम कन्स्ट्रक्सन प्रालिले २४ करोड ९८ लाख रुपैयाँमा ठेक्का पाएको छ।

डिभिजनका अनुसार यो ठेक्का बहुवर्षे प्रकृतिका छन्।