यसैगरी जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि क्यासब्याक पाइने बताइएको छ। इसेवामार्फत भुक्तानी गर्दा कम्पनीले हाल संचालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिने इसेवाले जनाएको छ।
इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले उनीहरुका लागि लखपति योजना संचालन गरिरहेको छ। भदौ ५ गतेसम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार पाउने कम्पनीले जनाएको छ।
यस्तै, उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार रुपैयाँ नगद उपहार पाउने बताइएको छ। यसैगरी योजना संचालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ पाउने छन्।
यो योजना नेपालमा संचालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुने बताइएको छ। इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप मार्फत सेवा दिँदै आएको छ।