रोयल इन्फिल्डको क्लासिक ३५० का ती चार मोडल, जो डिजाइन गरिएजस्तै आउलान् बजारमा?

बिजमाण्डू
२०७९ असार १३ गते १२:४३ | Jun 27, 2022
रोयल इन्फिल्डको क्लासिक ३५० का ती चार मोडल, जो डिजाइन गरिएजस्तै आउलान् बजारमा?

काठमाडौं। रोयल इन्फिल्डले भारतका केही उत्कृष्ट कस्टम बाइक निर्माताहरूद्वारा निर्मित आफ्नो क्लासिक ३५० मोडलको चारवटा कस्टम-बिल्ट डिजाइन प्रदर्शन गरेको छ।

Tata
GBIME
Nepal Life

रोयल इन्फिल्डको बुलेट बाइकहरु भारतमा निकै रुचाइएकामा पर्छन्। यसको एउटा निकै चलेको मोडल हो क्लासिक ३५० हो। यसका चार  डिजाइन एकै समयमा चार फरक शहरहरूमा प्रदर्शन गरिए। तर यी बाइक बिक्रीका लागि थिएनन्।

यसलाई सडकमा कुदाउन पनि कानूनी रुपमा स्वीकृति लिइएको थिएन। प्रदर्शनपछि यसरी यस्तै डिजाइनमा उत्पादन भएर बजारमा आउने/नआउने कम्पनीले खुलाएको पनि छैन। बुलेट प्रयोगकर्ताले यी मोडललाई हेर्दा रमाइलो मानेका छन्। 

ब्रान्डले यी कस्टम-बिल्ट क्लासिक ३५० मोडलको भारतका चार शहरहरू मुम्बई, दिल्ली, पुणे र बेंगलुरुमा एकै साथ प्रदर्शन गरेको हो।

कम्पनीले आफ्नो कस्टम वर्ल्ड इनिसिएटिभ अन्तर्गत रोयल इन्फिल्डले क्लासिक ३५० को डिजाइनलाई उत्कृष्ट प्रदर्शन गर्ने र बजार वृद्धि गर्ने बाइक बनाउन प्रत्येक कस्टम बिल्डरलाई क्लासिक ३५० दिइएको छ।

मुम्बईमा प्रदर्शन गरिएको 'गौर'

एउटा कष्टम-बिल्ट डिजाइन राजपुताना कस्टम मोटरसाइकलको ‘गौर’ नाम दिएर प्रदर्शन गरिएको छ। यो कम्पनी भारतको सबैभन्दा प्रसिद्ध निर्माणकर्ताहरू मध्ये एक हो। राजपुताना कस्टम मोटरसाइकलले मुम्बईमा गौर डब गरिएको क्लासिक ३५० मोडलको प्रदर्शन गरेको हो।

गौरले विभिन्न युगको रोयल इन्फिल्डबाट प्रेरणा लिएर उक्त कष्टम-बिल्ट तयार पारिएको जनाएको छ।

विगतका रोयल इन्फिल्डहरूमा गर्डर-शैलीको अगाडि सस्पेन्सन, अगाडि र पछाडि ड्रम ब्रेकहरू, सिंगल लेदरको सिट र पुरानो फुटरेस्टहरू समावेश छन्। गौरमा ५ इन्च बाइ १६ इन्च टायर, सानो गोलाकार हेडलाइट र ट्याङ्की र टुलबक्स कभरमा हातले बनेको प्यानलहरू पनि छन्।

निभ मोटरसाइकलले तयार पारेको 'डिभाइन'

दिल्लीको नीभ मोटरसाइकलको कस्टम-बिल्ट क्लासिक ३५० मोडललाई ‘डिभाइन’ भनिएको छ। यसलाई पुणेमा प्रदर्शन गरिएको थियो। डिभाइनले ब्ल्याक र गोल्डको थिममा धेरै विशेष टचहरू समावेश गरेको छ।

यसमा गोल्डको पिन स्ट्रिपहरू र कस्टम ट्यांकीमा सुनको जलप लगाइएको छ। यस्तै यसमा हातले सिलाइएको छालाको सिट छ। निभ मोटरसाइकलले डिभाइनलाई कस्टम स्विङ आर्म, मोडगार्ड र राजपुताना कस्टम मोटरसाइकलको गौरमा देखिए जस्तै ५ इन्च बाइ १६ इन्चको टायर पनि दिएको छ।

वर्ल्ड देल्ही मोटरसाइकलले तयार पारेको 'दिल्ली'

वर्ल्ड दिल्ली मोटरसाइकलले तयार पारेको दिल्ली भारतको राष्ट्रिय राजधानीको भावना र वातावरणबाट प्रेरित भएको जनाएको छ।

यसको कस्टम पहेँलो र अफ-ह्वाइट रङ योजनामा ​​चित्रित गरिएको छ। दिल्लीमा सिंगल सिट, गर्डर-शैलीको अगाडि सस्पेन्सन र एउटै रङहरूमा फिनिशिङ गरिएको साइडकार समावेश गर्दछ। रोयल इन्फिल्डले यो कस्टम निर्माण दिल्ली शहरमा प्रदर्शन गरेको थियो।

एमएस कस्टम्सद्वारा कस्टम निर्मित क्लासिक ३५० 'अर्वन रोडस्टार'

मिजोरममा आधारित एमएस कस्टम्सले बेङ्गलुरुमा आफ्नो कस्टम-बिल्ट क्लासिक ३५० मोडलको अर्वन रोडस्टार प्रदर्शन गरेको थियो। यसलाई उक्त कम्पनीले ‘अर्बन रोडस्टार’ भन्ने थिमलाई मध्यनजर गरी डिजाइन गरिएको जनाएको छ।

यस मोटरसाइकलमा कस्टम ट्याङ्की, स्विङआर्म र टायरहरुमा दिइएको छ। यसमा ६० को दशकबाट प्रेरित हेडलाइट डोम छ। बाइकलाई मुख्यतया ब्ल्याक र ह्वाइट रंगमा अरेन्ज, नीलो र रातो रंगको स्ट्राइपमा राखिएको छ। एमएस कस्टम्सले बाइकमा ह्यान्डक्राफ्ट गरिएको र खैरो लेदरको सिट पनि जडान गरेको छ।