चालु आवको ११ महिनामा साढे पाँच अर्बको विद्युतीय गाडी आयात, भारत र चीनबाट धेरै भित्रिए

बिजमाण्डू
२०७९ असार १२ गते १०:१४ | Jun 26, 2022

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा पाँच अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडीहरु नेपालमा आयात भएका छन्।

Tata
GBIME
Nepal Life

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनाको अवधिमा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको १७ सय ४ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। यस्तै सरकारले यसबाट एक अर्ब ३६ करोडको भन्सार शुल्क उठाएको छ।

विद्युतीय गाडीहरु आयातमा पछिल्लो महिनाभन्दा यो महिना बढेको छ। जसमा पछिल्लो महिना ७८ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए भने यो महिना त्यो संख्या बढेर १ सय ५३ वटा पुगेका छन्।

नेपालमा विद्युतीय गाडीहरु चीन र भारतबाट धेरै आयात भएका छन्। पछिल्लो ११ महिनामा चीनबाट ८ सय १० र भारतबाट ६ सय ८ वटा विद्युतीय गाडी आयात भएको छ।

यस्तै कोरियाबाट १ सय ८४ वटा गाडी आयात भएको तथ्यांक छ। अमेरिका, जापान र फ्रान्सबाट पनि इभी आयात भएका छन्।

गाडी प्रयोगकर्ताहरु इन्धनको मूल्य बढेसँगै विद्युतीय गाडी खरिदमा आकर्षित हुन थालेका छन्। हालसम्म नेपालको सडकमा २५ सयवटा विद्युतीय गाडीहरु चलिरहेका छन्।