सरुवा भएका अधिकृतसहित दुई ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २० लाख चुहावट आरोप

बिजमाण्डू
२०७९ असार ११ गते ०९:४३ | Jun 25, 2022
सरुवा भएका अधिकृतसहित दुई ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २० लाख चुहावट आरोप

काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका पूर्व प्रमुख प्रशासकीय अधिकृत र ढुंगा, गिट्टी, बालुवा ठेक्का लिने दुई फर्मका सञ्चालकविरुद्ध राजस्व हिनामिना गरी भर्ष्टाचार गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

हाल सरुवा भएर वाणिज्य विभागमा रहेका जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, हेटौंडाको न्यू पाथिभरा सप्लायर्सकी सञ्चालक मीनाकुमारी श्रेष्ठ र ओम सप्लायर्सका सञ्चालक ओमशंकर प्रसादविरुद्ध मुद्दा दायर गरेको हो।

सेढाईविरुद्ध दुईटा आरोपपत्र दायर भएको छ। एउटामा २ करोड २० लाख रुपैयाँको रकम चुहावट गरेको आरोप छ। 

बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन र संकलन गरी न्यू पाथिभरा सप्लायर्स हेटौंडा-४ मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्ताबापत हुन आउने रकम ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गरेको आरोप आयोगको छ। यसले गर्दा १ करोड २० लाख २८ हजार रुपैयाँ राजस्व चुहावट भएको देखिएकाले भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। 

आयोगले न्यू पाथिभराकी सञ्चालक श्रेष्ठलाई १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ अनियमितता आरोप लगाएको छ। आयोगले सेढाईविरुद्ध दायर अर्को आरोपपत्रमा जीतपुर-सिमराको पसाहा खोलाको ठेक्कामा ठेकेदारसँग मिलेमत्तो गरी राज्यको स्रोत साधनको दोहन गरेर ९९ लाख ९९ हजार ९९ रुपैयाँ राजस्व चुहावट गरेको उल्लेख छ।

ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्ध १ करोड ३८ लाख ९९ हजार रुपैयाँ भष्टाचार गरेको आयोगको मागदाबी छ। मुद्दा शुक्रबार दायर भएको हो।