यस अन्तर्गत बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्डमार्फत भुक्तानी गरी छुट पाउन सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए।
साझेदारी पत्रमा बैंकका मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वरध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।
ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुटको व्यवस्था लागू गराउन पाउँदा खुसी लागेको बैंक अन्तर्गत गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए। द क्लिफको रिसोर्ट र एड्भेन्चर परियोजना निर्माणमा प्रभु बैंकले ऋण लगानी गरेको छ।