इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री र मोडलमा लगातार प्रयोग, कहिले लेला बजारले गति?   

२०७९ जेठ ३० गते १३:०५
इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री र मोडलमा लगातार प्रयोग, कहिले लेला बजारले गति?   


काठमाडौं। पेट्रोलको भाउ बढेको बढेकै देखेर मोटरसाइकल र स्कुटर प्रयोगकर्तालाई इलेक्ट्रिक साधनको चाहना हुनु स्वाभाविक छ। तर, धेरैको पहिलो प्रश्न हुन्छ – के पेट्रोल इन्जिन जत्तिकै माइलेज देला? टिकाउ हुन्छ? यही प्रश्नको उत्तर खोज्न उत्पादकहरु लागिपरेको वर्षौं भयो। धेरै मोडल आए, हराए।

TATA
GBIME

व्यवसायीका अनुसार अब बजारमा आइरहेका इलेक्ट्रिक बाइक र स्कुटर तुलनात्मरुपमा पावरफुल छन्। नेपालमा पेट्रोल इन्जिन दुई पांग्रेको बजार हिस्सा ठूलो छ। जसको २० प्रतिशतमा पनि विद्युतीय बाइक, स्कुटरले लिन सकेको छैन। तर बिक्रीको अवस्थामा क्रमिक प्रगति भने भइरहेको छ।

विद्युतीय दुई पाङ्ग्रे सवारीको बिक्री अझ माथि लैजान ब्याट्री क्षमतालाई प्रयोगकर्ताले पत्याउनु पर्छ। सबै विद्युतीय सवारी साधन ब्याट्रीबाट चल्छन्। जसरी टर्च वा मोबाइल फोनमा प्रयोग हुने ब्याट्रीहरू  समयसँगै बदल्नुपर्छ। रिचार्जेबल भए समयसँगै चार्ज राख्ने क्षमता घट्दै जान्छ।
सवारी साधन र तिनका ब्याट्रीहरू टिकाउ, पोर्टेबल र सजिलै पहुँचयोग्य बनाइएका छन्। लगातार प्रयोग भइरहेको छ।

ब्याट्री चार्ज गर्न सजिलो सुविधासँग चार्जिङ समय कम हुँदैछन्। यसलाई घरमा पनि चार्ज गर्न सकिन्छ। हामी सबैलाई थाहा छ कि ब्याट्रीको जीवनचक्र प्रयोगको साथ घट्दै जान्छ र तिनीहरूलाई केही वर्ष पछि बदल्न आवश्यक छ। 

विद्युतीय दुई पाङ्ग्रे सवारीमा भएको ब्याट्रीमा कम्पनीहरुले १ देखि ३ वर्षसम्मको वारेन्टी दिएका हुन्छन्। कम्पनीले ब्याट्रीमा दिएको वारेन्टीको समय सकिएपछि यसको अवस्था के हुन्छ? कसरी फेर्न मिल्छ वा फेर्नै पर्दैन? फेर्न परे कति खर्च लाग्छ? त्यस्तै विषयमा आम मानिसको चासो छ।

विद्युतीय सवारी साधनहरूको इन्जिन भनेकै ब्याट्री हुन। विद्युतीय सवारी माग बढेसँगै तिनीहरूमा प्रयोग हुने ब्याट्रीको मूल्य द्रुत रूपमा घट्ने अपेक्षा पनि गरिएको छ।

ब्याट्री प्रतिस्थापनको लागत स्कुटरमा भएको ब्याट्रीको क्षमता अनुसार फरक हुन्छ। लिड-एसिड ब्याट्रीद्वारा सञ्चालित धेरैजसो नयाँ इलेक्ट्रिक स्कुटरहरू कम्तिमा दुई वर्षको ब्याट्री वारेन्टीको साथ आउँछन्। यदि ब्याट्री तेस्रो वर्ष पछि असफल भयो भने ब्याट्रीको लागि प्रतिस्थापनको लागत ५० हजारदेखि एक लाख ४० हजार रुपैयाँ बीचको हुन्छ। तर यो मूल्य घटबढ हुन सक्छ।

नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी बिक्री गर्दै आएको सुपर सोको ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता डी लाइफ स्टाइलका प्रतिनिधि गोकुल राउतका अनुसार लिथियम-आयन ब्याट्री-संचालित स्कुटरहरूको प्रतिस्थापनको लागत धेरै बढी हुन्छ, तर यस ब्याट्रीहरूको जीवनचक्र धेरै लामो हुन्छ। 'कम्तिमा ४-६ वर्ष मज्जाले चल्छ। तर विस्तारै स्कुटरले दिने माइलेज भने कम हुन सक्छ,' उनले भने, 'मानौं यो पनि हामीले प्रयोग गर्ने मोबाइल जस्तै हो। केही  समयपछि ब्याट्रीको लाइफ कम हुन्छ।' 

ब्याट्रीले दिने माइलेज वारेन्टी सकिए पछि ४० प्रतिशतसम्म घट्ने राउतको भनाइ छ। उनका अनुसार हाल लिथियम-आयन ब्याट्री निर्माताहरूले लामो वारेन्टी अवधि पनि प्रस्ताव गर्छन्। अहिले लिथियम-आयन ब्याट्रीहरू प्रतिस्थापनको लागि हालको बजार मूल्यअनुसार लिथियम-आयन सेल मूल्यहरू करिब ५० हजारदेखि एक लाख ४० हजार रुपैयाँ लागत छ। तर यसको माग बढेमा छिट्टै घट्ने अपेक्षा गर्न सकिने राउत बताउँछन्।

'४० किलोमिटर/घण्टाको गति र ६० किलोमिटरको दायराका स्कुटरहरूले सामान्यतया १.२ किलोवाट घण्टाको लिथियम ब्याट्रीहरू प्रयोग गर्छन् जसको प्रतिस्थापन लागत लगभग ५० देखि एक लाख रुपैयाँ पर्छ,' उनले भने,  'यी ब्याट्रीहरू ३ वर्षको लागि वारेन्टी छन् तर सावधानीपूर्वक ह्यान्डल गरेमा ४ देखि ६ वर्षसम्म मज्जाले टिक्न सक्छ।'

उच्च गतिको स्कुटरमा सामान्यतया २ वटा ब्याट्रीहरू हुन्छन्, जसको प्रतिस्थापन लागत दोब्बर हुने पनि उनले बताए। 

कति लाग्छ लागत?
उदाहरणको लागि राउतको भनाइ अनुसार सुपर सोको सीटीएक्स मोडलमा ७२ भोल्ट २.५ किलोवाट पोर्टेबल क्षमताको लिथियम आयोन ब्याट्री १५०० जीवनकालको चार्जिङ चक्र सहित ३ वर्ष वा ४० हजार किलोमिटर कार्यसम्पादन वारेन्टीको लागि समावेश छ। 

त्यस्तै मोटरमा २ वर्षको वारेन्टी उपलब्ध रहेको छ। यो स्कुटरको माइलेज १०० किलोमिटर छ। यसले ३ वर्ष वा ४ वर्ष शतप्रतिशत माइलेज दिन्छ। तर त्यसपछि विस्तारै घट्दै जान्छ। 

राउतले लिथियम आयन ब्याट्रीमा चल्ने सीपीएक्स स्कुटरमा भएको ब्याट्रीलाई प्रतिस्थापन लागत एक लाख ४० हजारसम्म लाग्ने बताउँछन्। 'यी ब्याट्रीहरूको ठूलो मात्रामा व्यावसायीकरणसँगै आगामी वर्षहरूमा यो लागत घट्ने अपेक्षा गरिएको छ,' उनले भने, 'ग्राहकले ब्याट्री बदल्नको लागि अन्यत्र जाने चिन्ता गर्नुपर्दैन। यी सबै डिलरशिपहरूमा ब्याट्रीको स्टक पनि हुन्छन्।'

राउतका अनुसार विद्युतीय स्कुटरमा भएका ब्याट्रीको प्रतिस्थापन लागत धेरै चीजहरूमा फरक हुन्छ। यसको मतलब यो होइन कि स्कुटर ब्याट्री मूल्यहरू सधैं उस्तै हुनेछन्। 'ब्याट्रीको माग बढेमा यसको मूल्य पनि घट्छ यो बजारको नीति हो प्रक्रिया हो,' उनले भने।

उदाहरणका लागि ब्याट्री, गुणस्तर र ब्रान्डका प्रकारहरूले स्कुटरमा भएको  ब्याट्री प्रतिस्थापन लागतमा ठूलो भिन्नता ल्याउनेछन्। कहिलेकाहीँ यसले कम खर्च गर्नेछ भने कहिलेकाहीँ प्रतिस्थापन लागत धेरै हुनेछ।

विद्युतीय सवारीको सबैभन्दा महँगो कम्पोनेन्ट यसको ब्याट्री हो। यसलाई प्रतिस्थापन गर्न पनि गाह्रो छ। 'यदि कम गुणस्तरको विद्युतीय बाइक तथा स्कुटर किन्नु भएको छ भने त्यसमा भएको ब्याट्रीले छिट्टै काम गर्न छोड्छ। यसलाई प्रतिस्थापन गर्न तयार चाँडै तयारी रहनुपर्छ,' उनले भने,  'त्यसैले राम्रो गुणस्तरको ब्याट्री भएको विद्युतीय बाइक तथा स्कुटर किन्नु भयो भने यसले स्थायित्व बढाउँछ। वारेन्टी धेरै भएको र राम्रो कम्पनीको किन्नुपर्छ।'

राउतका अनुसार बजारबाट विद्युतीय बाइक खरिद गर्दा स्थायित्व महत्त्वपूर्ण कुरा हो किनभने बाइकहरू प्रायः महँगो हुन्छन्। महँगो हुदैमा राम्रो हुदैनन्। 

३ युनिट बिजुली खपत गर्ने ब्याट्रीलाई फुल चार्ज गर्न ४ घण्टाको समय लाग्छ।
एक बिजुली स्कुटरमा भएको ब्याट्री एक औसत मोडेलका लागि १५० डलरदेखि ३०० डलरसम्म खर्च हुन्छ। ब्याट्रीको सामान्य मूल्य विद्युतीय स्कुटरको मूल्यमा आधा मूल्य सम्म हुन जान्छ।

ब्याट्री फेर्ने की त्यसका कम्पोनेन्ट ? 
राउतका अनुसार नेपालमा हालसम्म कुनै पनि विद्युतीय सवारीमा भएको ब्याट्रीका कम्पोनेन्ट खराब भएमा फेर्न सजिलो भइसकेको छैन। 'यसले गर्दा हामी पुरै ब्याट्री नै परिवर्तन गर्नुपर्ने बाध्यतामा छौं,' उनले भने, 'भित्री सेल मात्र परिवर्तन गर्ने व्यवस्था भए धेरै खर्च लाग्दैन।' 

सेल परिवर्तन गर्ने सुविधा आएमा वारेन्टी सकिएपछि कुन सेल खराब भएको छ त्यही मात्र फेर्दा ब्याट्रीले नयाँको जस्तै काम गर्न सक्ने राउत बताउँछन्। 'ब्याट्रीमा भएको सेल सबै खराब हुने हैन केही सेलहरु मात्र काम नगर्ने हुने हो,' उनले भने, 'सुविधा उपभोग गर्न नपाउने भएका कारण हामीलाई ब्याट्री परिवर्तन गर्न महँगो परेको हो।'

नेपालमा विद्युतीय सवारी मात्र हैन त्यसका लागि आवश्यक सम्पूर्ण तयारी सरकार र नीजि क्षत्र मिलेर काम गर्नु आवश्यक रहेको राउतले बताउँछन्। उनका अनुसार विद्युतीय सवारीका लागि दक्ष प्राविधिक तथा म्यान पावरको व्यवस्था हुनु जरुरी भइसकेको अवस्था छ।
ब्याट्री डिस्पोजल बारे छैन योजना

ब्याट्रीहरू कहाँ डिस्पोज गर्छन् भनेर अनुसन्धान गर्दा प्रत्येक डिलरशिपले पुरानो ब्याट्री राख्नुपर्छ र त्यसपछि आफ्नो कम्पनीको मुख्यालयमा फिर्ता पठाउँछन्। यी ब्याट्रीहरू पुन: प्रयोग गरिन्छ। तर सबै ब्याट्रीहरु त्यस्ता छैनन्।
लिथियम आयन ब्याट्री रिसाइकलको बारेमा कुरा गर्न धेरै चाँडो छ। यद्यपि कम्पनीहरुले यसको लागि उपयुक्त इकोसिस्टम छिट्टै ल्याउने लक्ष्य राखेका छन्।

नेपालमा पनि यसका लागि अहिलेसम्म केही सोचिएको अवस्था छैन। सरकारले पनि यसका लागि नीति तथा कार्यक्रमको योजनाहरु बनाएको अवस्था नरहेको राउतको भनाइ छ। 'कम्पनीहरुले कसरी यस विषयमा काम गर्छन त्यसमै भर पर्नु बाहेक अगाडि योजना केही भएका छैनन्,' उनले भने।

सेल परिवर्तन गर्ने व्यवस्था भएमा डिस्पोजलको लागि त्यति ठुलो समस्या नहुने राउत बताउँछन्। उनका अनुसार ब्याट्री नै परिवर्तन गर्ने व्यवस्थाले मात्र प्रदूषणको डर हुन्छ। डिस्पोजलको समस्या हुन्छ।

नेपालमा उपलब्ध ब्रान्ड

ब्याट्री क्षमता (किलोवाट)

वारेन्टी (वर्ष)

माइलेज (किमि)

टेल्जी

१.९

१३०

सेगवे नाइटवट

३.५

१२०

पुयर इभी

२.४

११६

कोमाकी इलेक्ट्रिक

३.५

१२०

नीयु

२-४

७०-१२०

इभेइ

२.५

३-५

१००

मिकु इलेक्ट्रिक बाइक

१३५

टेरा

२.५

२-३

८०-१००

एलभेनेङ इ-बाइक

२.०५

२-३

७०

ओरभा

१-२

५५

मियामा

१.५-२

१००

डुहान

१.२

१४०

ओकिनवा

३.३

५०

हिरो इभी

१.८

५०

भीमोटो

३.५

११-१२०

बेला

७५

सुपर सोको

१.९-२.५

७५-२००


Sunrise Bank