बुक बिल्डिङ मुद्दा औपचारिकताका लागि मात्र उठाउँदै बोर्ड अध्यक्ष: फेरि भने- सिस्टम बनाउँछौं

बिजमाण्डू
२०७९ जेठ २५ गते १२:०६ | Jun 8, 2022

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङका बारेमा फेरी मुख खोलेका छन्। उनले बुक बिल्डिङका लागि खासै काम नगरे पनि यो मुद्दालाई औपचारिकता पुर्‍याउन भने उठाउन छाडेका छैनन्।

Tata
GBIME
Nepal Life

बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताए। उनले यो कुरा नियुक्त भएर आएदेखि बताए पनि ठोस काम भने केही पनि गर्न सकेका छैनन्। बोर्डबाट पछिल्लो समय देखिने खालका काम खासै भएका छैनन्।

हमालले बुक बिल्डिङमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भईरहेको 'अटोमेटेड इलेक्ट्रोनिक अकक्सन सिस्टम' आउने दाबि गरे।

उनले दिगो र स्थापित तवरमा वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा पारदर्शी रूपले भित्र्याउन यो सिस्टम तयार गरिने बताए। ठूला ठूला उद्योग र व्यवसायिक पक्षबाट सवाल कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गराई सर्वसाधाणको स्वामित्व बढाइ बजार विस्तार र सन्तुलित बनाइने बताए।