समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनी कालोसूचीमा पर्दै,स्पष्टीकरण मागियो

२०७९ जेठ १९ गते १०:०८
समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनी कालोसूचीमा पर्दै,स्पष्टीकरण मागियो


TATA
GBIME

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यलयले विभिन्न ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टिकरण माग गरेको छ।

यी कम्पनीहरुले विभिन्न योजनाको निर्माण कार्य पटकपटक म्याद थप्दा पनि समयमा काम नसकेपछि विभिन्न आयोजना कार्यलयले कालोसूचीमा राख्न अनुगमन कार्यलयमा सिफारिस गरेका थिए।

कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरुमा सडक सुधार तथा विकास आयोजना निर्देशनालयको अन्तर्गत रहेको बालाजु-त्रिशुली, छहरे-विदुर सडक योजनाको काम समयमा सम्पन्न नगर्ने दिनेशचन्द्र आर अग्रवाल इन्फारकन- नर्गुन कन्स्ट्रक्सन कम्पनी- कोशी एन्ड न्यौपाने निर्माण सेवा जेभीलाई र पूर्वाधार विकास कार्यालय हुम्लाको सिफारिसमा सन्तुष्टि कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न स्पष्टिकरण माग गरिएको छ।

यसैगरी नगर कार्यपालिकाको कार्यालय कञ्चनपुरको सिफारिसमा आकाश एन्ड पवन कन्स्ट्रक्सन, सडक पूर्वाधार विकास कार्यलय दाङको सिफारिसमा पीयु कन्स्ट्रक्सन र मालिका गाउँपालिकाको कार्यालय म्याग्दीको सिफारिसमा मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई अनुगमन कार्यालयले कालोसुचीमा राख्न लागेको हो।

यस्तै सानीभेरी गाउँपालिका रुकुमको सिफारिसमा प्रवृक्षा निर्माण सेवा एन्ड सप्लायर्स, मन्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोकको सिफारिसमा थोकर/निभा/लायुल जेभी र भैरहवा लुम्बिनी भुमिगत जल सिंचाइ व्यवस्थापन कार्यालय रुपन्देहीको सिफारिसमा जगदम्बा ड्रिलिङ कम्पनीलाई अनुगमन कार्यलयले कालोसूचीमा राख्न लागेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यलयले यी कम्पनीहरुलाई ७ दिनभित्र कालोसूचीमा नराख्नको लागि स्पष्टिकरण पेष गर्न माग गरेको छ। सातदिनभित्र स्पष्टिकरण पेश नगरे स्वत: यी कम्पनीहरु कालोसूचीमा जानेछन्।


Sunrise Bank