धमाधम पाउँदैछन् म्युचुअल फण्ड निष्कासन अनुमति, अब छिट्टै एक अर्ब बराबरको फण्ड आउँदै

बिजमाण्डू
२०७९ जेठ ४ गते १५:३१ | May 18, 2022

काठमाडौं। पछिल्लो केही समय यता म्युचुअल फण्डले धमाधम निष्कासन अनुमति पाउन थालेका छन्।  लामो समयदेखि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा बसेका म्युचुअल फण्डले निष्कासन अनुमति पाउन थालेका हुन्। 

Tata
GBIME
Nepal Life

बोर्डका अनुसार केही दिन अघि एनआईसी एसिया फिक्स क्याप नामक फण्डले निष्कासन अनुमति पाएको छ। फण्डले वैशाख २९ गते बोर्डबाट निष्कासन अनुमति पाएको हो। यो बन्दमुखी योजना हो। 

निष्कासन अनुमति पाएको यस फण्डले अंकित मूल्य प्रति इकाइ १० रुपैयाँका दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ फन्ड निष्कासन गर्ने छ। 

यो फण्ड निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ भने यस फन्डको कोष प्रवर्द्धकमा एनआईसी बैंक र योजना व्यवस्थापकमा एनआईसी क्यापिटल रहेको छ। यसअघि वैशाख २२ गते बोर्डले कुमारी धनबाराही योजना नामक फण्डलाई निष्कासन अनुमति दिएको थियो।