फोर्डका ५३ हजार गाडी फ्याक्ट्री यार्डमै रोकिए, चिप अभावले तयार भएर बजारमा जान पाएन

बिजमाण्डू
२०७९ जेठ ३ गते ००:०० | May 17, 2022

काठमाडौं। फोर्डले उत्पादन गरेका  ५३ हजार गाडीहरु चिप अभावका कारण बजारमा जानबाट  रोकिएको छ। फोर्डका विश्वभर रहेका फ्याक्ट्रीहरुका  यार्डमा ती गाडीहरु थन्किएका हुन्। 

Tata
GBIME
Nepal Life

विश्लेषकहरूसँगको पछिल्लो छलफलका क्रममा कम्पनीका प्रमुख वित्तीय अधिकारी जोन ललेरले चिप अभावका कारण फोर्डले उत्पादन गरेर तयार भइसकेका ती संख्याका गाडीहरु फ्याक्ट्रीमा नै पार्क गरेर राख्नुपर्ने बाध्यतामा परेको जानकारी गराएका छन्।

चिपसँग इन्ट्रिग्रेट गर्नुपर्ने प्रविधि तथा प्रणालीसम्बन्धी कम्पोनेन्टहरुसमेत यही चिप अभावकै कारण जडान गर्ने काम रोकिएको उनले बताएका छन्। 

फोर्डका कार्यकारीले हाल चिपको पर्खाइमा रहेको ती गाडीहरु एफ-सेरिज र एक्सप्लोरर यस सिटिंग इन्भेन्टरीको हिस्सा भएका मोडेलहरू मध्येका रहेको बताए।

फोर्डले भर्खरै चिप अभावको सामना गर्न अर्को रणनीति अपनाएको छ। किनकी कम्पनीले यसका सबै स्रोतहरूलाई यसको सबैभन्दा लाभदायक मोडेलहरूमा निर्देशित गरिरहेको छ।

अर्को शब्दमा भन्नुपर्दा बजारमा धेरै माग भएका मोडलहरूले आवश्यक चिपहरू पाउँदैछन्, जबकि सानो मात्रामा बिक्री गर्नेहरूले निश्चित प्रणालीहरूलाई पावर गर्न आवश्यक पर्ने चिपहरूको लागि अझ बढी पर्खनु पर्नेछ।

एफ-१५०, एक्सप्लोरर र मस्टाङ् माच-ई फोर्डको सबैभन्दा लाभदायक मोडेलहरू छन्। तर अर्कोतर्फ, कम लोकप्रिय मोडल अर्डर गर्नेहरूले आफ्नो गाडी प्राप्त गर्न अझै धेरै कुर्नु पर्ने हुन्छ। केही ग्राहकहरूले प्रतिक्षा समय अब ​​९ देखि १२ महिनामा पुगेको दाबी गरेका छन्।