निसानको दोस्रो इभी ‘निसान आरिया’ बजारमा आउँदै, फुल चार्जमा माइलेज कति दिन्छ?

बिजमाण्डू
२०७९ जेठ ३ गते ००:०० | May 17, 2022
निसानको दोस्रो इभी ‘निसान आरिया’ बजारमा आउँदै, फुल चार्जमा माइलेज कति दिन्छ?


काठमाडौं। निसान लिफ सार्वजनिक गरेको १२ वर्षपछि निसानले आफ्नो दोस्रो नयाँ इभी 'निसान आरिया' बजारमा ल्याउने निश्चित भएको छ। यसअघि निसानले सन् २०१० को डिसेम्बरमा आफ्नो पहिलो इलेक्ट्रिक कार निसान लिफ सार्वजनिक गरेको थियो।

Tata
GBIME
Nepal Life

निसानको इभी आरियालाई कम्पनीले नवीनतम कनेक्टिभिटी टेक्नोलोजीले भरिपूर्ण स्टाइलिस एसयूभीका रुपमा  उपलब्ध गराउने जनाएको छ।

आरिया- निसानको पहिलो सम्पूर्ण इलेक्ट्रिक क्रसओभर एसयूभी हो। यसले शक्तिशाली एक्सलरेशन र सहज, सञ्चालनका साथै विलासी लाउन्ज जस्तो वातावरण भएको इन्टेरियर प्रदान गर्दछ। यसमा स्वायत्त ड्राइभिङ सुविधाहरू र सिमलेस कनेक्टिभिटीको फिचर उपलब्ध रहेको छ।

यसमा भएको ८७ किलोवाट क्षमताको ब्याट्रीले ३१० किलोमिटरसम्मको अनुमानित दायरा प्रदान गर्ने छ। आरिया दैनिक सडक यात्राको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।

निसान आरिया सन् २०२२ भित्रै डेलिभरीको लागि तयार पारिएको कम्पनीले जानकारी दिएको छ। इलेक्ट्रिक क्रसओभरले निसान इन्टेलिजेन्ट मोबिलिटीको शुद्ध अभिव्यक्तिलाई समेट्छ। आरियालाई अधिक शक्तिशाली ई-फोर्स भेरियन्टमा ल्याउन लागिएको हो। यी भेरियन्टहरु २४० बीएचपीमा २- ह्वील- ड्राइभ पावरट्रेन, ३०२ बीएचपीमा फोर-ह्वील-ड्राइभ पावरट्रेन र ३८९ बीएचपीमा फोर-ह्वील-ड्राइभ पावरट्रेनको साथ आउने छ।

निसान आरियामा नयाँ किसिमको आवाज नियन्त्रण प्रणाली छ साथै ब्याट्री स्थिती जाँच गर्न र टाढाबाट मौसम नियन्त्रण सेट गर्न निसान स्मार्टफोन एप प्रयोग गर्न सक्छन्। बिल्ट-इन ४ जी जडानले ओभर-द-एयर अपडेट पनि अनुमति दिन्छ।

यसले ६३ किलोवाटका लागि ७.४ किलोवाटको होम चार्जर पाउनेछन्। त्यस्तै ८७ किलोवाट क्षमता भएको आरियाका लागि २२ किलोवाटको थ्री-फेज चार्जर समावेश छ। अर्को १३० किलोवाटको फाष्ट चार्जर पनि छ। होम अथवा एसी चार्जर बाट ब्याट्री चार्ज गर्न १० घन्टा लाग्छ। यसैगरी फाष्ट चार्जर बाट फुल चार्ज गर्दा ४५ मिनेट लाग्छ।

यसमा रहेको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी दिएको छ। त्यस्तै मोटरमा ३ वर्ष वा ३६ हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ।

निसानको पुन: डिजाइन गरिएको ब्रान्डको लोगोलाई मुख्य रूपमा एरोडायनामिक शिल्डको केन्द्रमा राखिएको छ। यसलाई कम्पोज गर्ने २० एलईडी जडान गरिएको छ।

पातलो एलईडी हेडल्याम्पहरू, निसानको सिग्नेचर भी-मोशन डिजाइनलाई पुन: आविष्कार गर्न चार २०मिलिमिटर मिनि-प्रोजेक्टरहरूसँग निर्माण गरिएको छ। आरियाको पछाडिको भाग पनि उत्तिकै आकर्षक छ।