इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा, रेमिटेन्स ल्याउन थप विदेशी कम्पनीसँग साझेदारी गर्ने

बिजमाण्डू
२०७९ जेठ १ गते १४:५२ | May 15, 2022
इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा, रेमिटेन्स ल्याउन थप विदेशी कम्पनीसँग साझेदारी गर्ने


काठमाडौं। नेपालमा रेमिटेन्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी तेस्रो वर्षमा प्रवेश गरेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले अहिले विश्वका दुई सयभन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारको सहायतामा नेपालमा रेमिटेन्स भित्राउँदै आएको छ। दुई वर्षअघि संचालनमा आएसँगै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर संचालनमा आएको थियो।

कम्पनीले डिजिटल प्रविधिको माध्यमबाट हाल देशका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिटेन्स भित्राउँदै आएको छ। त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएको कम्पनीले जनाएको छ। 

कम्पनीबाट रेमिटेन्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै पठाउन पाएको कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा विस्तार गर्दै लगेको छ। 

मुलुकभर कम्पनीका १८ हजारभन्दा धेरै एजेन्ट नेटवर्क क्रियाशील छन्। देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाखभन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्टबाट पनि सेवाग्राहीले कम्पनीको रेमिटेन्स सेवा पाउने कम्पनीले जनाएको छ। 

कम्पनीले रेमिटेन्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक क्यासब्याक अफरहरु सञ्चालन गर्दै आएको छ। 

‘संचालनमा आएको दुई वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहकवर्ग लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहान्छु,’ कम्पनीका सीइओ अजेश कोइरालाले भने। 

आगामी दिनहरुमा थप अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गर्दै धेरै नेपालीहरुलाई सेवा विस्तार गर्दै लैजाने उनले बताए।