सुनको मूल्य तोलाको १३ सय रुपैयाँले घट्यो, तोलाको ९६५०० कायम, चाँदीको पनि घट्यो

बिजमाण्डू
२०७९ जेठ १ गते १२:२४ | May 15, 2022
सुनको मूल्य तोलाको १३ सय रुपैयाँले घट्यो, तोलाको ९६५०० कायम, चाँदीको पनि घट्यो

काठमाडौं। लामो समयपछि सुनको मूल्य प्रतितोला ९७ हजार भन्दा तल आइपुगेको  छ। साताको पहिलो दिन सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको छ। 

Tata
GBIME
Nepal Life

आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ। गत शुक्रवार  सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ४० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८११.०९ डलरमा कारोबार भएको छ। चाँदीको मूल्य प्रतिऔंस २१.११ डलर छ।