रुसलाई उसको कदमप्रति चेतावनीस्वरुप बिभिन्न मुलुकले हवाई सेवा रोक्ने संकेत गरेपछि उडान रोकिए। रसियाली वायुसेवा कम्पनीहरुमा यसले गम्भीर प्रभाव पार्यो। अब बिस्तारै पुनः उडान सुरु गर्दा पनि धेरैका सेवा नियमित भइसकेका छैनन्।
युद्धका कारण उड्डयन उद्योग नै प्रभावित भएपछि १३ प्रतिशत पाइलट कामविहीन रहेको एजेन्सीहरुले जनाएका छन्। विभिन्न वायुसेवा कम्पनीले आफ्नो उडान बन्द गरेपछि अधिकांश पाइलट वैदेशिक रोजगारीमा लागिपरेको रसियाको यातायात मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विवरण अनुसार हालसम्म १३ प्रतिशत व्यावसायिक पाइलट र पाँच प्रतिशत क्याविन क्रु बिदामा छन्। कोरोना महामारीसँगै हवाई सेवा अन्तर्राष्ट्रियस्तरमै प्रभावित हुँदा जनशक्तिको समस्या आएको थियो। कोरोना संक्रमण घटेर सेवा नियमिततातर्फ फर्कन लाग्दा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो।
पाइलटको अभावमा विश्व उड्डयन उद्योगलाई परेको समस्या पुरै समाधान हुन समय लाग्ने प्रक्षेपण छ। गत फेब्रुअरीदेखि रुसी उड्डयन उद्योग प्रभावित हुन थालेको थियो। युक्रेनसँगको युद्ध सुरु भएसँगै युरोपियन युनियनका विभिन्न मुलुकले रसियाली वायुसेवा कम्पनीका लागि आफ्ना हवाई सीमा बन्द गरेका छन्।
यो सँगै अमेरिकी र युरोपेली मुलुकले रसियाली वायुसेवा कम्पनीलाई जहाज लिजमा दिन बन्द गरिसकेका छन्।