कोकाकोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्दै

बिजमाण्डू
२०७९ बैशाख १२ गते २०:३९ | Apr 25, 2022
कोकाकोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्दै


काठमाडौं। कोकाकोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ। कोकाकोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको थियो। त्यसयता एक्सन फर एसडीजी २०१७, युथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु संचालन गर्दै आएको छ।

Tata
GBIME
Nepal Life

यो वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको कोकाकोलाले जनाएको छ। कोकाकोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ।

वाइएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम भएको बताइएको छ। जसको मुख्य उद्देश्य युवा सशक्तिकरण भएको कोकाकोलाले जनाएको छ। कार्यक्रमले विभिन्न क्षेत्रका युवा नेताहरुलाई विश्वव्यापी मुद्दाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्ने बताइएको छ। 

सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिने कोकाकोलाले जनाएको छ। 

यो वर्षको युथ स्पिक फोरमको विषय ‘स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन’ तय गरिएको छ।