निर्यात व्यापारमा रेकर्ड तर एक खर्ब ४७ अर्ब निर्यातमा आयात भएर आउने पाम र भटमास तेलको हिस्सा ५७%

बिजमाण्डू
२०७८ चैत्र ७ गते १६:०६ | Mar 21, 2022
निर्यात व्यापारमा रेकर्ड तर एक खर्ब ४७ अर्ब निर्यातमा आयात भएर आउने पाम र भटमास तेलको हिस्सा ५७%

काठमाडौं। नेपालको वैदेशिक व्यापारमा आयातसँगै निर्यात पनि ऐतिहासिक बिन्दु छोएको छ। तर निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर आएर पुन: रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पुर्‍याएको हो। 

Tata
GBIME
Nepal Life

 चालु वर्षको ‍आठ महिना (फागुन) मा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात हुँदा निर्यात १ खर्ब ४७ अर्ब पुगेको छ।

नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेल लगायतको छ। आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ। यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो।

यस्तै इन्डोनेसिया मलेसिया लगायत देशहरुबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ। यी वस्तुहरु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ। नेपाली व्यवसायीहरुले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाउँछ।

तर यसमा भ्यालु एड भने हुने गरेको छ। निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ। निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ। यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ। यस्तै कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ। 

यसैगरी अलैंची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामाग्रीमा धेरैजसो धागोकै उत्पादनहरु रहेका छन्।