उपत्यकाको ७ ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्ने व्यवस्था, कहाँ कहाँबाट गर्न सकिन्छ?

बिजमाण्डू
२०७८ माघ ९ गते १५:०२ | Jan 23, 2022
उपत्यकाको ७ ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्ने व्यवस्था, कहाँ कहाँबाट गर्न सकिन्छ?


काठमाडौँ। काठमाडौँ उपत्यकाको ७ ठाउँमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम तिर्ने ब्यवस्था मिलाएको छ।

Tata
GBIME
Nepal Life

प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने छ। यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको छ।

आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु-पेको किअस्क मेसिन’ उद्‌घाटन गरेका छन्।

कार्यक्रममा बोल्दै जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए।