पूर्वको पर्यटन प्रवर्द्धन गर्न फाल्गुनन्द विमानस्थलमा संचालनमा ल्याइँदै, तारा एयरले उडान भर्न

बिजमाण्डू
२०७८ माघ ९ गते ११:२२ | Jan 23, 2022
पूर्वको पर्यटन प्रवर्द्धन गर्न फाल्गुनन्द विमानस्थलमा संचालनमा ल्याइँदै, तारा एयरले उडान भर्न

काठमाडौं। पुर्वको पर्यटन प्रवर्द्धनका लागि फाल्गुनन्द विमानस्थल संचालनका लागि पर्यटन व्यवसायी र इलाम नगरपालिका विच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले यो विमानस्थल संचालनमा ल्याउन लागिएको पर्यटन बोर्डले जनाएको छ। तारा र इलाम नगरपालिका विच भएको सम्झौता अनुसार आउँदो फागुन ८ गते देखि प्रत्येक आइतबार काठमाण्डौं-सुकिलुम्बा उडान सुरु हुने बोर्डका सदस्य कृष्ण शाहले बताए।

उनका अनुसार १६ सिटे ट्विन अटर जहाजमार्फत गरिने उडान भाडादर आठ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ।

‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो। इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ। यो ठाउँमा पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ। हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ’ बोर्ड सदस्य शाहले भने।

यो उडान सुरु भएसँगै आन्तरिक र वाह्य पर्यटकले सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन, पशुपतिनगर लगायत गन्तब्यमा सहजै भ्रमण गर्न सक्ने जनाइएको छ।

यसका लागि पर्यटन व्यवसायीले आकर्षक प्याकेज बनाउन तयारी गरिसकेको बोर्डले जनाएको छ।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो।