नेपाली बजारमा टाटा टिगोर इभी आउँदै, जिपट्रेन प्रविधियुक्त इभीको सुरुवाती मूल्य ३० लाखमाथि

बिजमाण्डू
२०७८ माघ ६ गते ११:२३ | Jan 20, 2022
नेपाली बजारमा टाटा टिगोर इभी आउँदै, जिपट्रेन प्रविधियुक्त इभीको सुरुवाती मूल्य ३० लाखमाथि

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टिगोर इभी सार्वजनिक गर्ने भएको छ। इभी सेग्मेन्टमा टाटाको नेक्सन बिक्री गरिरहेको कम्पनीले जिपट्रोन प्रविधियुक्त टिगोर इभी पनि नेपाली बजारमा ल्याउन लागेको हो।  

Tata
GBIME
Nepal Life

यो गाडीको अनुमानित नेपाली बजार मूल्य ३० देखि ३४ लाख रुपैयाँ हुनसक्ने कम्पनीले जनाएको छ। आउँदो फेब्रुअरी दोस्रो साताभित्रै टिगोर इभी नेपाली बजारमा सार्वजनिक गर्ने योजना छ।

नेपाली बजारमा अत्यधिक बिक्री हुने सेडानमध्येमै पर्ने टाटाको 'टिगोर' सन् २०१८ मा सार्वजनिक भएको हो। त्यसमै टाटा मोटर्सले इभीको मोडल विकसित गरेको हो।

आन्तरिक र बाह्य बजार मागलाई ध्यानमा राखी भारतीय गाडी उत्पादक कम्पनी टाटाले केही महिना अगाडि विद्युतीय सेडान सेग्मेन्टमा टिगोर सार्वजनिक गरेको थियो। भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुवाती मूल्य भारु ११ लाख ९९ हजार छ।

कम्पनीका अनुसार यो गाडीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ।

जिपट्रोन प्रविधिमा आधारित यो गाडीमा विद्युतीय मोटर जडान गरिएको छ। २६ किलोवाटको लिक्विड-कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी-६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको गाडी जुनसुकै मौसममा पनि सहजै चलाउन सकिने कम्पनीले जनाएको छ।

गाडीमा जडान गरिएको विद्युतीय मोटरमा ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्ने क्षमता रहेको छ।

गाडीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। घर वा कार्यालयमा हुने चार्जिङ पोर्टबाट चार्ज गर्दा भने पौने नौ घण्टामा ८० प्रतिशतले चार्ज हुने जनाइएको छ।

कम्पनीका अनुसार यो गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ। एकपटकको फुल चार्जमा गाडीले  ३०५ किलोमिटरको माइलेज दिने कम्पनीले जानकारी  दिएको छ। 

नेपाली बजारमा यो गाडी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ। अगाडि भागमा एलइडी डीआरएल लाइट जडान गरिएको गाडीको रियर भ्यू मिरर फोल्डेबल छन्। गाडीमा ३१६ लिटरको बुट स्पेस समावेश गरिएको छ।

गाडीको आन्तरिक भागमा सात इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता जडान गरिएको छ।

स्मार्ट की पुस–बटन स्टार्ट समावेश गरिएको गाडीमा पोर्टेबल चार्जिङ केबल पनि समावेश गरिएको छ। चालक र यात्रु सहजतालाई मध्यनजर गर्दै लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् ।

यात्रु र चालक सुरक्षालाई मध्यनजर गर्दै गाडीमा डुअल एयर ब्याग, इबीडीसहितको एबिएस प्रविधि, रेअर पार्किङ सेन्सर, रेअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरिएको छ।

२,४५० एमएम ह्विलबेस रहेको यो गाडीमा १७२ एमएमको ग्राउन्ड क्लेरेन्स छ। कम्पनीले इभीको ब्याट्री र मोटरमा आठ वर्ष अर्थात् एक लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ।