कर्मचारीमा संक्रमण फैलिएपछि राहदानी विभागका सेवा बन्द, अत्यावश्यक र बिरामीलाई मात्र दिइने

बिजमाण्डू
२०७८ माघ ६ गते १०:५७ | Jan 20, 2022

काठमाडौं। कोभिड संक्रमण फैलिएसँगै राहदानी विभागले  राहदानी सेवाहरु स्थगित गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले सूचना जारी गर्दै बिदेशमा उपचार गर्न जानैपर्ने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अन्यका लागि राहदानी जारी गर्ने काम रोकेको जनाएको छ।

विभागका अनुसार कोभिड-१९ सम्बन्धी नेपाल सरकारको निर्णयका साथै राहदानी विभागका कर्मचारीहरुमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण बिभागको राहदानी सम्बन्धी सेवा स्थगित गरिएको हो।

विभागले यसअघि जारी गरेको बुकिङ तथा टोकन समेत हाललाई स्थगन गरिएको सूचनामा उल्लेख छ।

अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने पनि विभागले जनाएको छ।

विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा विभागले उपलब्ध गराएको [email protected][email protected] मा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने छ।

प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ।

जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार
राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य भने जारी नै रहने सूचनामा उल्लेख छ।