तीन वर्षपछि संचालनमा आउँदै फाल्गुनन्द विमानस्थल, काठमाडौं- इलामको भाडा ८७०० रुपैयाँ

बिजमाण्डू
२०७८ माघ ६ गते १०:०५ | Jan 20, 2022
तीन वर्षपछि संचालनमा आउँदै फाल्गुनन्द विमानस्थल, काठमाडौं- इलामको भाडा ८७०० रुपैयाँ

काठमाडौं। निर्माण भएको तीन वर्षपछि इलामको फाल्गुनन्द विमानस्थल संचालनमा आउने भएको छ। तारा एयर र इलाम नगरपालिकाको सहकार्यमा यो विमानस्थलमा फागुन ८ गतेबाट संचालनमा आउने तारा एयरका सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

Tata
GBIME
Nepal Life

यो गन्तव्यमा साताको एउटा उडान गरिने योजना रहेको उनले जानकारी दिए।

'तारा एयरको ट्विनअटरमार्फत साताको एउटा उडान सुरु गर्ने योजना छ,' उनले भने,'हवाई यातायात सेवा विस्तारसँगै इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उडान सुरु गर्न लागिएको हो। यस अन्तर्गत आन्तरिक र बाह्य पर्यटन लक्षित आकर्षक प्याकेज तयारी हुनेछ।'

उनका अनुसार काठमाडौं-इलामको भाडादर प्रति व्यक्ति ८ हजार ७ सय रुपैंयाँ निर्धारण गरिएको छ। ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो।