ओमिक्रोन नियन्त्रणका लागि वायुसेवा संचालक संघको निर्देशिका, खोप कार्ड अनिवार्य

बिजमाण्डू
२०७८ माघ ५ गते १६:२२ | Jan 19, 2022
ओमिक्रोन नियन्त्रणका लागि वायुसेवा संचालक संघको निर्देशिका, खोप कार्ड अनिवार्य

काठमाडौं। ओमिक्रोन नियन्त्रणका लागि वायुसेवा संचालक संघले निर्देशिका जारी गरेको छ। संघले यात्रु स्वास्थ्य सुरक्षासँगै सेवा सहजतालाई ध्यानमा राखी उडानका लागि खोप कार्ड अनिवार्य गरेको हो। संघले एन्टिजेन परीक्षण गर्न भने अनिवार्य नगरिएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

संघले आन्तरिक उडान गर्ने यात्रुलाई खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिइने बताएको छ। 

संघले आफूसँग सम्बद्ध वायुसेवा कम्पनीलाई जहाजभित्र सेनिटाइजर व्यवस्था, हरेक उडानै पिच्छे डिसइन्फेक्सन, भिडभाड कम गराउनका लागि निर्देशन दिएको छ।

ओमिक्रोन संक्रमणरहित उडान सेवा संचालन गर्ने भन्दै बुधबार संघको कार्यसमिति बैठकले यो निर्णय गरेको हो।

हाल बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, तारा, समीट लगायत विभिन्न वायुसेवा कम्पनीले दैनिक दुई सयवटा भन्दा बढी उडान अवतरण गर्दै आएका छन्। कोभिड सुरु भएदेखि हालसम्म हवाई यातायातले संक्रमणरहित सेवा दिँदै आएको छ।