टीभीएसको मोटरसाइकल तथा स्कुटर अब ५९९९ रुपैयाँमै, पुरानो सवारीको मूल्यांकनबाटै डाउनपेमेन्ट

बिजमाण्डू
२०७८ माघ ५ गते १६:०८ | Jan 19, 2022
टीभीएसको मोटरसाइकल तथा स्कुटर अब ५९९९ रुपैयाँमै, पुरानो सवारीको मूल्यांकनबाटै डाउनपेमेन्ट

काठमाडौं। अटो बजारमा बढिरहेको महँगीसँग जुध्न जगदम्बा मोटर्सको टीभीएसले  ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ। 

Tata
GBIME
Nepal Life

योजनाअन्तर्गत ग्राहकहरुले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटनै डाउनपेमेन्ट तिरेर टीभीएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ।

यसरी एक्सचेन्ज गर्दा ग्राहकहरुले मासिक किस्ता न्युनतम ५ हजार ९ सय ९९ रुपैयाँसम्म तिर्नुपर्ने कम्पनीले जनाएको छ। 

ग्राहकहरुले शून्य प्रतिशत ब्याज तथा अन द स्पट एक्स्चेन्जको सुविधा पाउने बताइएको छ। यो योजना मुलुकभरका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

‘ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लिएर आएका हौं। हामी सधैव ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौं। आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं,’ जगदम्बा मोटर्सका सीइओ तथा निर्देशक दीपक अग्रवालले भने। 

जगदम्बा मोटर्स नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो।