३८ अंकले घटेर बुधबार सेयर बजार २८९८ अंकमा आइपुग्यो, ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

बिजमाण्डू
२०७८ माघ ५ गते १५:३५ | Jan 19, 2022
३८ अंकले घटेर बुधबार सेयर बजार २८९८ अंकमा आइपुग्यो, ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं। बुधबार सेयर बजार ३८ अंकले घटेको छ। नेप्से परिसूचक घटेर २८९८.३१ अंकमा आइपुगेको छ। ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको बुधबार २० वटा कम्पनीको सेयर मूल्य बढेको छ।

Tata
GBIME
Nepal Life

१६५ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

बुधबार सबैभन्दा धेरै अपि पावरको २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। अरुण भ्यालीको २० करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख र सूर्य लाइफ इन्स्योरेन्स १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बुधबार एक करोड १८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको छ।

सबैभन्दा धेरै कमाउनेमा बुद्धभूमि नेपाल जलविद्युत, सामलिङ पावर कम्पनी, साँग्रिला विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र छ्याङ्दी जलविद्युतका सेयरधनी छन्।

बढी गुमाउनेमा बुधबार घलेम्दी हाइड्रो, कालिका लघुवित्त, ग्लोबल आइएमई समुन्नत स्किम-१, मध्यभोटेकोशी जलविद्युत र गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ता छन्।