नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे, २० वर्षको बैंकिङ अनुभव

बिजमाण्डू
२०७८ माघ ३ गते १६:४८ | Jan 17, 2022
नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे, २० वर्षको बैंकिङ अनुभव

काठमाडौ। वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भुपेन्द्र पाण्डेलाई नेपाल बंगलादेश बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समिति बैठकले १५ दिनअघि उनलाई नियुक्ति दिएको थियो। ज्ञानेन्द्र ढुंगाना तीन कार्यकाल गरेर १० वर्षपछि अवकाश भएपछि बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियो।

त्यही भएर बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा रहेका पाण्डेलाई वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाएर भित्र्याएको थियो।

माघ १ गतेबाट बैंकमा हाजिर हुन थालेका पाण्डेले प्रमुख कार्यकारीको जिम्मेवारी पाएका हुन्। नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिँदैछ। तत्काल बैंकले कसैलाई पनि प्रमुख कार्यकारी बनाउँदैन।

पाण्डेसँग २० वर्षको बैंकिङ अनुभव छ। उनी इन्फ्रास्ट्रक्चर बैंकमा हुनुअघि राष्ट्रिय वाणिज्य बैंकमा थिए। उनी फेलो चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।